भर्खरै
अर्थ
9 hours ago
मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन
काेशी
9 hours ago
संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री
राजनीति
11 hours ago
सबै नेपालीले खुसीका साथ खिर खाने वातावरण बनाउन लागौं: प्रधानमन्त्री
अर्थ
13 hours ago
प्रधानमन्त्री साउन १८ गते तुर्केमिनिस्तान जाने (मन्त्रीपरिषदकाे निर्णयहरू)
मधेस प्रदेश
14 hours ago
सार्वजनिक जग्गा र बनक्षेत्र अतिक्रमणविरुद्ध बारामा कारबाही सुरू
समाज
14 hours ago
उद्यमीमाझ प्रधानमन्त्री ‘नेपाल बन्छ भन्ने तपाईँ-हामीले गरेर देखाउनुु पर्नेछ’
बालकल्याण विद्यालयलाई अकबरे मल्टी एग्रोद्वारा रकम हस्तान्तरण

गोरखा, १५ साउन । पछिल्लो समय नेपाली युवाहरू एकपछि अर्को विदेशिने क्रम जारी नै छ। हुन पनि हो, नेपालमा १२ पास गरेपछि कुनै पनि जागिर अथवा कुनै पनि काम पाइँदैन। पढाइको सिलसिलाको बहाना पार्दै युवाहरू विदेशिने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको अवस्था छ। यो अवस्था रोक्नलाई आफ्नो देशमा नै केही गर्नुपर्छ भन्ने हेतुका साथ बिमला बिनिस्मा पन्त फाउन्डेसनले नयाँ सोच तय गरेको छ। फाउन्डेसनका सञ्चालक प्रकाशजंग पन्तले नयाँ सोच अन्तर्गत ‘फ्राइडे फर फ्युचर तथा जन्मभूमिमा जननीहरूको अभियान’  सञ्चालनमा ल्याएका छन । जस अन्तर्गत युवाहरूलाई स्वदेशमै रोजगार दिने र स्वदेशमा नै आत्मनिर्भरता बनाउने उद्देश्यका साथ फाउन्डेसनले अकबरे मल्टी एग्रो खोलेको थियो । उक्त फाउन्डेसनले आम्दानी भएका अथवा मुनाफामा आएका केही रकम तथा केही प्रतिशत सामाजिक सेवामा उपलब्ध गराउने भनिएको थियो। जस अन्तर्गत रहेको बालकल्या माध्यमिक विद्यालयलाई २० हजार रूपैयाँ हस्तान्तरण गरेको हो । २०८१ को एसइइमा शत प्रतिशत पास गराउन सफल रहेको हुनाले उक्त बालकल्याण माध्यमिक विद्यालयलाई यो रकम हस्तान्तरण गरिएको हो । अन्य विद्यालयको तुलनामा बालकल्याण माध्यमिक विद्यालयले यस पालिकाबाट सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै हौसलाका साथ यो रकम हस्तान्तरण गरिएको अकबरे मल्टी एग्रोका म्यानेजर सुवास कोइरालाले बताए । फाउन्डेसनले विगत केही वर्ष यता विद्यालयहरूलाई सहयोग गर्दै आइरहेको पनि थियो। जस्तै, विद्यालयमा रहेका निम्नवर्गीय विद्यार्थीहरू असहाय, पीडित, द्वन्द पीडित लगायतका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विभिन्न प्रकारका औषधिहरू उपलब्ध गराउँदै आएको थियो। उक्त रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक प्रेम कोइराला, समाजसेवी तथा सामाजिक अभियन्ता निर्मला मल्ल, त्यस्तै समाजसेवी सामाजिक अभियन्ता अभि गुरुङ, पत्रकार दिनेश थापा, नारायण घर्ती र एग्रोका कर्मचारीहरूको उपस्थित रहेको थियो । मल्टी एग्रोमा यतिबेला भर्खरका १८ देखि माथिका २५ वर्षसम्मका युवाहरूले सञ्चालन गरिरहेका छन्। जस अन्तर्गत उनीहरुले विभिन्न परिकारका खानेकुराहरू, नर्सरीका विभिन्न बोटबिरुवाहरु त्यस्तै अकबरे खुर्सानी बिस्तारको कार्यलाई अघि बढाईरहेका छन् ।

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

काठमाडौं, १४ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा गोष्ठीमार्फत श्रम प्रशासन, आन्तरिक तथा वैदेशिक रोजगारी, सामाजिक सुरक्षा, सीप विकास, र संस्थागत सुधारका क्षेत्रमा केन्द्रित २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।   गोष्ठीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले डिजिटल सेवा प्रणाली, समन्वित संरचना, र नतिजामूलक कार्यशैलीमार्फत श्रमिकमाथिको विश्वास बहाली गर्ने स्पष्ट संकेत दिएका छन्। मन्त्री भण्डारीले समीक्षा समापन गोष्ठीमा बोल्दै श्रम मन्त्रालय विकासे मन्त्रालयजस्तो नभएको उल्लेख गर्दै मन्त्रालयलाई फेसलेस र पेपरलेस सेवा प्रणालीमा रूपान्तरण गर्नु अबको आवश्यकता भएको बताए। ‘मन्त्रालय अन्तर्गतको सेवा प्रवाहलाई डिजिटल प्रविधिमा आधारित फेसलेस र पेपरलेस प्रणालीमा लैजानुको विकल्प छैन,’ उनले भने, ‘सबैको सहयोगले मन्त्रालयमाथि लाग्दै आएका आरोपहरू चिर्न केही हदसम्म सफल भएका छौं।’ मन्त्री भण्डारीले संविधानको अनुसूचीले तोकेका साझा अधिकारका विषयलाई मध्यनजर गर्दै प्रदेश सदरमुकाममा रहेका श्रम तथा रोजगार कार्यालयहरूलाई प्रादेशिक संरचनामा लैजान निर्देशन दिए। उनले प्रादेशिक संरचनाले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको अनुगमन तथा सहयोग गर्नसक्ने गरी कार्य अघि बढाउनु पर्ने स्पष्ट पारे।   कार्यक्रम समापन गर्दै सचिव डा. पुष्करले दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्राप्तिका लागि बहुपक्षीय साझेदारी आवश्यक रहेको भन्दै संस्थागत संरचनामा परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले सेवा प्रवाह नागरिकले अनुभूति गर्न सक्ने गरी नतिजामूलक बनाउनु मन्त्रालयको प्राथमिकता हुनुपर्ने बताए।   श्रम सचिव पुष्करले सिमित स्रोत–साधनबीच मन्त्रालयले जनमुखी सेवा प्रवाहमा सन्तोषजनक उपलब्धि हासिल गरेको बताउँदै अब मन्त्रालयले चमत्कारी  परिणाम ल्याउनेतर्फ अग्रसर हुनुपर्ने औंल्याए। उनले भने, ‘अब हामी जनता र श्रमिक केन्द्रित दृष्टिकोणका साथ दृढतापूर्वक अघि बढ्नुपर्छ ।’ मन्त्रालयले प्रस्तुत प्रतिबद्धताहरूमा श्रम ऐन र नियमको प्रभावकारी कार्यान्वयन, श्रमिक अधिकार संरक्षण, श्रम निरीक्षण प्रणालीको सुधार, न्यूनतम ज्यालादेखि स्वास्थ्य परीक्षणसम्मका कार्यक्रमहरू, आन्तरिक रोजगार दशक कार्यान्वयन, वैदेशिक रोजगारमा डिजिटल तथा ऋणजाल न्यूनीकरण, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धन, सामाजिक सुरक्षा कोषमा समावेशीकरण, र डिजिटल सेवा प्रणालीमार्फत सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरू समावेश छन्।   समीक्षा कार्यक्रममा मन्त्रालयले वर्तमान श्रम तथा रोजगार कार्यालयलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्ने योजना पनि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी सेवा प्रवाहलाई एकीकृत र प्रभावकारी बनाउने उद्देश्यले यो योजना अघि सारिएको हो। मन्त्रालय अन्तर्गतका निकायहरूको आ–आफ्नै संरचना निर्माण हुँदा राज्यकोषमा अनावश्यक भार पर्ने, सेवाग्राहीलाई फरक–फरक स्थानमा जानुपर्ने अवस्था सिर्जना भएकोले एकीकृत सेवा अवधारणा ल्याइएको हो। समग्रमा, श्रम मन्त्रालयको समीक्षा गोष्ठीले नीति, कार्यक्रम र प्रविधिमा आधारित सुधारात्मक कदममार्फत श्रमिक हितको संरक्षण र रोजगार प्रवर्द्धनतर्फ मन्त्रालयको स्पष्ट प्रतिबद्धता प्रस्तुत गरेको छ। यो कदमले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई मजबुत पार्दै सेवा प्रवाहलाई जनमुखी बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयद्धारा श्रावण १३ र १४ गते मातहतका सम्पूर्ण केन्द्र, विभाग, बोर्ड, श्रम न्याधिकरण, मन्त्रालयका शाखाहरुको गत आर्थिक बर्षका क्रियाकलापहरुको बिषयमा बार्षिक समीक्षा गरिएको थियो ।

प्रमुख खबर
राजनीति
मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्दैन्ः प्रधानमन्त्री

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूूर्ण शक्ति प्रयोग गरेर खानेपानी र सिँचाइ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।   “यो सरकार राष्ट्रका सामुु देखापरेका चुनौतीहरुको सामना गर्न लागेको छ । स्थिरता र स्थायित्वलाई कायम गरेर अघि बढ्ने हाम्रो सङ्कल्प रहेको छ । अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छभने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरु चालेको छ”, प्रधानमन्त्री ओलीले भने, “प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेसमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिप बोरिङ’ गर्नुपरेमा सहज हुनेछ । यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्ने छैन ।'

युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चल्नु दुःखदः अध्यक्ष प्रचण्ड
विद्या भण्डारीले राजनीतिमा फर्किदाँ लोकतन्त्रलाई घाटाः महासचिव पोखरेल
स्वास्थ्य
रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित
भारतमा बिकास गरियो मलेरिया बिरूद्दको खोप
एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै
पर्यटन
तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी
‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु

काठमाडौं, ६ जेठ ।  ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु भएको छ।   नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा कफीमा सोमबारबाट प्रदर्शनी सुरु भएको हो।   रोल्पाका धार्मिक, सांस्कृति तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको प्रदर्शनी पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे।   पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको प्रदर्शनी उद्घाटन समारोहको विशेष अतिथिमा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे रहेका थिए। कार्यक्रममा रोल्पाबाट आएर काठमाडौंमा बसोबार गरिरहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु तथा कलाकार, पत्रकार, पर्यटनकर्मी, साहित्यकारलगायतको उपस्थित रहेको थियो।   प्रदर्शनीमा फोटोपत्रकार पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, पर्यटन र इतिहास झल्काउने ३० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ।   साहित्यकार सुमन थापा ‘संगम’ले सञ्चालन गरेको उद्घाटन समारोहमा स्वागत मन्तव्यमार्फत वरिष्ठ पर्यटनपत्रकार अमृत भादगाउँलेले फोटो प्रदर्शनीबारे जानकारी दिएका थिए। त्यसपछि सम्बोधन गरेका टानका अध्यक्ष पाण्डे प्रदर्शनी सफलताको शुभकामना दिए।   प्रमुख अतिथि पुनले रोल्पा विगतमा ‘राजनीतिक द्धन्द्धको केन्द्र’ भनेर चिनिने गरेकोमा अहिले आर्थिक हिसाबले उत्पादन र प्रवर्द्धको केन्द्रको रुपमा विकास गर्ने कोसिस गरिरहेको उल्लेख गर्दै भने, ‘आर्थिक उत्पादन रोजगारी सिर्जनाको एउटा महोत्वपूर्ण क्षेत्र पर्यटन हो। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले क्षेत्रका फोटो संकलनहरु यहाँ प्रदर्शनीमा आएका छन्। मलाई खुसी लागेको छ।’   पुनले फोटो प्रदर्शनीले रोल्पाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।   त्यस्तै फोटोपत्रकार बल्कुरामले संघीय राजधानी काठमाडौंमा आफूले खिचेका तस्बिरहरु देखाएर रोल्पाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले उपस्थित सबैलाई धन्यवाद दिँदै एकपटक रोल्पामा घुम्न निम्तोसमेत दिए। प्रदर्शनी आगामी बुधबारसम्म जारी रहनेछ। प्रदर्शनी अवधिभर विभिन्न व्यक्तिहरुको उपस्थितिमा रोल्पाको पर्यटन विकासबारे चर्चा हुने आयोजक पर्यटन प्रवर्द्धन मञ्च नेपालले जानकारी दिएको छ।

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

काठमाडौं, ४ जेठ। ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ।   ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो।   प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो।   फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ।   फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्।   फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो। उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन्। साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन्।   उनी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन्। उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन्।   उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन्।   उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्।   यिनै पर्यटन विकास र प्रवर्द्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन्।

पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी

काठमाडौं, २२ बैशाख । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।   नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल  पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ । ‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दिपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’   बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतवाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतवाट मात्रै २५ हजार ९३३, अमेरिकावाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् ।   साथै, उत्तरी छिमेकी मुलुकवाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने  बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।   पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना बिभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।  

यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ।   विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।   यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।  

कृषि
प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस आउँदै
खाध मल वितरणमा अनियमितताको आरोप, किसान आन्दोलित
सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान 
अर्थ
श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि
श्रीनगर एग्रीटेक इण्डष्ट्रीजलाई आईपीओ निष्काशनको अनुमति, ३२ लाखभन्दा बढी कित्ता शेयर आउँदै बजारमा
झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्दै, आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेका नेपालीलाई प्राथमिकता
एनआईसी एशिया बैंकद्वारा ८.७५ प्रतिशत व्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक
सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक हुँदै
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० सम्म थप
 मंगलबार सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि
हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ लाखभन्दा बढीले पाए १०–१० कित्ता
सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण
तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च
आज विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउण्ड महँगिए
विज्ञान/प्रविधि
प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस आउँदै
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
मृतक ताराले छोड्यो सुराक, ५० वर्षपछि हल भयो अन्तरिक्ष रहस्य
हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन
६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन
अटोपायलटले काम नगरे पछि मस्कमाथी करोडौं डलर जरिवाना हुन सक्ने
अन्तर्राष्ट्रिय
रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा
चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदाको अफर

बेइजिङ, १४ साउन । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ ।   सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ ।   यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ। चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ ।   बेइजिङमा घोषणा गरिएको यो सूत्र अनुसार बालबालिकालाई जन्मिने बित्तिकै ५ सय डलर र अभिभावकलाई १ हजार डलर दिने व्यवस्था छ । यसको मतलब बच्चा जन्मने बित्तिकै परिवारले १५०० डलर पाउनेछ। सरकारले तीन वर्षअघि जन्मेका बालबालिकालाई अनुदानमा समावेश गर्ने निर्णय गरेको छ ।   सरकारले यो अनुदान लिनका लागि कुनै पनि चिनियाँ नागरिकले आवेदन दिन सक्ने बताएको छ । सरकारले खातामा सिधै पैसा ट्रान्सफर गर्नेछ। चीनको जनसांख्यिक समस्यालाई हल गर्ने प्रयासमा मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।   चीन सरकारले अनुसन्धान प्रतिवेदनका आधारमा अनुदान दिने निर्णय गरेको हो । वास्तवमा फुडान विश्वविद्यालय र हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जुन २०२५ मा एक अनुसन्धान प्रतिवेदन तयार पारेका थिए। यसले बुबाहरूलाई अनुदान दिनुले जन्मदर बढाउन सक्ने सुझाव दिएको थियो।   चीनका १४ प्रान्तले विभिन्न तरिकाले जन्मदर बढाउने निर्णय गरिरहेका छन् । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सिचुआन प्रान्तमा बच्चा जन्माउँदा २५ दिन बिदा दिने व्यवस्था गरिसकिएको छ। यो बिदा बुबालाई दिइनेछ र यो भुक्तान बिदा अन्तर्गत उपलब्ध हुनेछ। यसको मतलब एक पैसा पनि कटौती हुनेछैन।   त्यसैगरी शाङदोङमा १८ दिन र साङ्सी र गान्सु प्रान्तमा ३० दिन बिदा दिने व्यवस्था गरिएको छ । यसअघि ३ दिन मात्रै बिदा दिने व्यवस्था थियो । प्रादेशिक तहमा यो प्रयोग सफल भए पूरै केन्द्रीय तहमा लागू गर्न सकिने बताइएको छ किनभने केन्द्रीय तहमा बाबुलाई अहिलेसम्म ३ दिन बिदा दिने व्यवस्था रहेको छ ।  

खेल
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँको तरलता तान्ने
ब्राजिलियन फुटबलर भिनिसियर जुनियर माथी साउदीले ३५० मिलियन युरो खर्चिने

काठमाडौं, १४ साउन । ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लब ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ।   खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिना देखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए पनि अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिरहेका छैनन् ।    यस्तो अवस्थामा साउदी अरेबिया लिगका क्लबहरूले यस स्टार विङ्गरमाथि आफ्नो नजर राखिरहेका छन् । एक रिपोर्टका अनुसार साउदी सरकारले समर्थन गरेको यस लिगको एक क्लब भिनिसियसका लागि ३५० मिलियन यूरो युरो खर्च गर्न तयार छ । तर, हाल यस विषयमा उनका खेलाडी वा क्लबसँग कुनै छलफल टुंगोमा भने पुगेको छैन्।   रिपोर्टमा भनिएको छ कि साउदी अरेबियाको खेलकुद मन्त्रालय र सार्वजनिक लगानी कोष (पीआईएफ) को नजर अल अहली क्लबमा छ, जसको लागि तिनीहरू भिनिसियस जुनियरमा यति ठूलो रकम खर्च गर्न तयार छन्। यद्यपि, यस समयमा त्यहाँ कुनै संकेतहरू छैनन् कि म्याड्रिड र भिनिसियस अलग हुन चाहन्छन्।    साउदी क्लबले यो सम्झौता पूरा गरेमा भिनिसियस जुनियर फुटबल इतिहासकै सबैभन्दा महँगो स्थान्तरण खेलाडी बन्ने छन् । अहिलेसम्म सबैभन्दा महँगो स्थानान्तरणको कीर्तिमान पूर्व ब्राजिलियन लिजेन्ड नेयमार जुनियरको नाममा छ, जसलाई पिएसजीले २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा किनेको थियो।

एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने

काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ ।    सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ ।   यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ । राष्ट्रकै शैक्षिक र खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमको महत्वलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले निमन्त्रणा स्वीकार गरेको उपाध्यक्ष दावा कुङवा लामाले जानकारी दिए ।    नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ। देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले जनाएका छन् ।  

शिक्षा
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
चार छात्रामाथि लामो समयदेखि यौन दुर्ब्याबहार गर्ने शिक्षक पक्राउ
ग्यालरी
भिडियो
परराष्ट्र मन्त्री साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता

काठमाडाैं, १९ पुस । पराराष्ट्र मन्त्री एनपी साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता भएकाे छ ।   दरबारमार्गस्थित हाेटल याक एन्ड यतीमा दुइ समकक्षीका बिचमा भेटबार्ता भएकाे हाे ।

शुन्य समयमा बोल्दै सांसदहरु

शुन्य समयमा बोल्दै सांसदहरु

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी