भर्खरै
राजनीति
1 hour ago
सहकारी प्रकरणको छानबिन हुनुपर्छ- राजेन्द्र पाण्डे
राजनीति
2 hours ago
प्रतिनिधिसभाको आजको बैठक स्थगित
राजनीति
2 hours ago
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
खेल
2 hours ago
सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा
राजनीति
3 hours ago
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री
राजनीति
3 hours ago
विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ
अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ढुंगानाले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा मानिसहरूलाई अनलाइनमार्फत जुवा खेलाउँथे। उनले वान एक्स बेट, जुवा३६५ र क्रिप्टोमार्फत सट्टेबाजी लगाएर रकम संकलन गर्ने गर्ने। ढुंगानाले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको रेग्मीले बताए। ढुंगानाको ११ वटा कनेक्ट आइपिएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट, ५६ वटा बैंक खाता फेला परेका छन्। उनले ११ वटा कनेक्ट आइपिएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख रुपैयाँ कारोबार गरेको भेटिएको छ। यस्तै, १५ वटा वालेटहरूमा ५ करोड बराबरको कारोबार गरेको भेटिएको छ। यस्तै, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरेको खुलेको रेग्मीले बताए। ढुंगानाले बाइनान्समार्फत दुई वटा खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टो करेन्सीमा एक अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको रेग्मीले बताए। ढुंगानाले मोबाइलमा वान एक्स बेट, बाइनान्स, रेड्डी, मोब क्यास, टिम क्यास, एस्ट्रोपेजस्ता बेटिङ एप्लिकेसन चलाएको भेटिएको छ। उनले सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज खोलेको भेटिएको छ। त्यसको उनी आफैं सञ्चालक भएको खुलेको छ। उनको साथबाट एप्पलको म्याकबुक प्रो, राउटर, भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, सिमकार्ड, एटिएमलगायत बरामद भएको छ।

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई नवीनकुमार पोखरेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएका अन्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीका सिइओ अकबर हुसेन छन्। उनीहरूसँग जनहीँ ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो, जरिवाना तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन मिचेर केही व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी सुरक्षण प्रेसको सफ्टवेयर तथा उपकरण खरिद गरेको निष्कर्षसहित उनीहरूलाई भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए। उक्त प्रकरणमा पौडेलसहितका व्यक्तिहरूले मिलेमतोमा कानुन विपरीत कार्य गरी सरकारको सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।    

प्रमुख खबर
राजनीति
टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ोप्रस्ताव- धनगढीमा पनि गरौं

धनगढी, २६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाकाे अवलाेकनपछि उनले युवाहरूलाई स्वराेजगार बनाउन निकै सहयाेग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालकाे सीप मेलाकाे आयाेजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।  'युवाहरूसँग डिग्रीकाे प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेकाे खाँचाे हाे। यस्ताे खालकाे सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयाेजना गर्न हामी तयार छाैँ,' मेयर हमालले भने, 'तपाईंहरू आउनुहाेस्। हामी सहकार्य गर्न तयार छाैँ।'  उनले बजारकाे मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। 'हिजाे तालिमका नाममा तालिमकाे ठेक्का पाउनेहरू मात्रै राेजगार भए,' हमालले भने, 'अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै राेजगार हुनेगरी काम हुनुपर्छ।' काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघकाे सहकार्यमा टुँडिखेलमा आयाेजना भइरहेकाे सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएकाे छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए। उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाकाे आवेदन परेकाे बताउँदै आगामी दिनमा सबैलाई तालिमकाे अवसर दिएर राेजगारीसँग जाेड्ने लक्ष्य लिइएकाे बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएकाे उनले बताए।

सरकारले महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुनेबेला आयो : नैनसिंह महर
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
स्वास्थ्य
कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने
कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ !
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियनः प्रतिबेदन
पर्यटन
बुद्धजयन्तीमा नेपालदेखि श्रीलंकासम्म आर्मीको ‘हार्टफुलनेस राइड’
गुम्बाले पर्यटक राख्ने र विमानस्थल पूर्ण संचालन नभए होटल बन्द हुन्छनः होटल व्यवसायी

भैरहवा, १० चैत । होटल व्यवसायीहरुले यथासिघ्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र पूर्ण सञ्चालनका माग गरेका छन ।   भैरहवामा भएको होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशको विस्तारित वैठकले मुख्यतया ३ वटा विषयमा केन्द्रित भई निर्णय गरेको छ । भैरहवामा निर्माण सम्पन्न भएको अन्तरािष्ट्रय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि राज्यका सम्बन्धित निकायमा संघले पहकदमी गर्ने र दबाबमुलक कार्य सृजना गर्ने निश्कर्ष निकालिएको बताए ।   यस्तै लुम्बिनीमा भएको गुम्बाहरुले बाहिरी पर्यटकहरुलाई राख्दा लुम्बिनी क्षेत्रमा रहेका होटल व्यवसायीहरु विस्थापित हुने अवस्था आएकोले सम्बन्धित निकायले यस्तो गतिविधी रोक्न अनुरोध गर्ने र बाहिर स्थापित होटलमा बस्ने वातावरण मिलाउन अनुरोध गर्ने निण्र्ढाय गरेको छ । यस्तै अहिलेको अवस्थामा व्यवसायहरु नाजुक अवस्थामा पुगेको छ , कोभिड पछि यो व्यवसाय संकटमा आएकोले घरबहाल पनि तिर्न नसक्ने अवस्था आएकोले परिस्थिती जन्य अवस्था सृजना भएकोले सकेको जति सक्ने छुट घरबहाललाई दिने व्यवसथा मिलाउने निर्णय भएको होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले बताए ।     संस्थापकअध्यक्ष नेपालले विमानस्थल सञ्चालन हुने आशामा अर्बौ लगानी निजी क्षेत्रबाट भएको र अहिले व्यवसाय धरासायी भएको बताए । होटल व्यवसायी महासंघमा सवा १ लाख व्यवसायीहरु आबद्ध रहेको छन, अहिले व्यवसायिक प्रतिस्पर्धा भन्दा पनि जुटेर जानु पर्ने स्थिती आएको उनीहरुको भनाई छ ।     त्यस्तै होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्लेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको, लुम्बिनी प्रदेशको मात्र नभइ पश्चिम नेपालको विकासको द्वार भएको बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा यो खण्डहर बन्दैछ । विमानस्थल सञ्चालनका लागि आन्दोलन र पहल गर्नुपर्छ ।’ उनले व्यवसायीका समस्या सम्बोधनका लागि होटल व्यवसायी महासंघले पहल गर्दै आएको बताए । महासंघसँग व्यवसायीले धेरै आशा, भरोसा र अपेक्षा राखेको उनले बताए ।   होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्राले महासंघलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले भने, ‘महासंघ हाम्रो छाता संगठन हो । हामी एकताबद्ध हुनुपर्छ ।’   होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलले होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशले आफ्नो बैठकका लागि भैरहवालाई रोजेको भन्दै धन्यवाद ज्ञापन गरे । संगठनका निवर्तमान अध्यक्ष पिताम्बर न्यौपाने (विष्ण)ले संघ–संस्थाहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।   संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले नयाँ वर्ष २०८१ को स्वागत गर्दै पर्यटन प्रवद्र्धनका लागि भैरहवामा चैत ३० गते आयोजना गर्न लागिएको सिद्धार्थ सडक खाना महोत्सव सफल बनाउन सबैबाट साथ र सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश बैठकका क्रममा भैरहवा आएका पदाधिकारी र सदस्यहरुलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीले स्वागत गरेको थियो ।  

लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीको होटल खाली

मोहम्मद हबिब भैरहवा, ९ चैत । लुम्बिनी विकास कोषले गुम्बा तथा बिहारमा व्यवसायिक गतिविधि नगर्न/नगराउन पत्राचार गरे पनि निर्णयलाई लत्याउँदै विभिन्न गुम्बाले दर्जनौँ पर्यटक राख्ने गरेको पाइएको छ ।  गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै  विकास कोषलाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले फागुन २९ गते मंगलबार लुम्बिनीभित्र रहेका बिहार र गुम्बाहरुमा बौद्ध आध्यामिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा उक्त मर्मविपरीत होटल सरहको कोठाहरु तयारी गरी व्यापारिक प्रयोजनले पर्यटक राखिएको भन्दै लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको नेर्ततवमा ज्ञापनपत्र बुझाएको थियो ।   ज्ञापनपत्रपछि कोषको तर्फबाट सदस्य सचिव सानुराजा शाक्यद्वारा हस्ताक्षरित पत्र सबै गुम्बालाई पत्राचार गर्दै लुम्बिनीभित्र रहेका बिहारहरुलाई विहार क्षेत्र विनियमावली २०५८ अनुसार नियमित रुपमा त्यहाँ रहने विदेशी नागरिकको विवरण र नयाँ आउने विदेशी नागरिकको विवरण कोषमा बुझाउन, साथै विहार क्षेत्र भगवान बुद्धको शिक्षा र उपदेशहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने स्थान रहेको हुँदा बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध गर्दे व्यावसायिक प्रयोजनले कुनै पनि कार्य नगर्न र नगराउन भनिएको र  ‘त्यस्ता व्यावसायिक गतिविधि गरिएको पाइएमा नियमानुसार कारबाही हुने जनाए पनि कोषको अनुरोधलाई बेवास्ता गर्दै दर्जनौँ पर्यटकहरुलाई गुम्बा भित्रै राखिएको छ ।    बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढिलाई गुम्बा भित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको विहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् ।    लुम्बिनीलाई केन्द्रित गरेर निजि क्षेत्रले करोडौ लगानी गरेर होटल संचालन गरिरहे पनि बिहार/गुम्बाको यो अवैधानिक कार्यले होटल व्यवसायी पलायन हुनुपर्ने स्थिति आएको छ । यस क्षेत्रका कतिपय होटल बन्द भइसकेका छन,अहिले पनि कति बन्द हुने अवस्थामा पुगेको बेला विहार÷गूम्बाले यसरी व्यवसयिक रुपमा पर्यटक राख्दा यस्को प्रत्यक्ष मार होटल व्यवसायमा परेको संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।    यस्तो कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको छ । हामीले पटक पटक आवाज उठाउदा समेत विकास कोषले बेवास्ता गर्ने र बिहारले मनोमानी रुपमा सायैँ पर्यटठकहरुलाई गास, बाससहित राखेपछि आहिले सबै व्यवसायीले विरोध जनाएको अध्यक्ष ज्ञवालीले भने । संघले गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक्नु पर्ने माग राखेको छ । दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको भन्दै संघले चेतावनी समेत दिएको थियो ।   लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षुरभिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर मर्मविपरीत बिहार क्षेत्रमा कोठा बनाएर व्यावसायिक बन्दा निजि व्यवसायीको लगानी जोखिम परेको छ ।   लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि चाक्लाहरु उपलब्ध गराइए बमोजिम हाल बौद्ध विहाररगुम्बा, ध्यान केन्द्रहरु निर्माण भइ सञ्चालनमा रहेको कोषले जनाएको छ ।   बिहारहरूलाई व्यवस्थित र निश्चित मापदण्ड अनुसार सञ्चालन गर्न मापदण्ड छ । लुम्बिनी बिकास कोषले बिहार क्षेत्रमा उपलब्ध गराएको जग्गामा विभिन्न मुलुकले मापदण्ड विपरित गुम्वाको सट्टा ठूला ठूला होटल सरहको संरचना बनीरहदा बिकास कोष मौन रहेको छ ।    पछिल्लो समय मलेसियाले निमार्ण गरिरहेको संरचना होटलको रुपमा निमार्ण भैरहेको छ । अण्डरग्राउण्ड सहित ६ तल्लाको संरचनामा १ सय ५० बढि कोठा रहेपनि विकास कोषको प्रशासन प्रमुख ज्ञानिन राई अनविज्ञ रहेको बताए । मलेसियाले लुम्बिनीको ४२ वटा प्लटहरु मध्ये एक पलट लिजमा लिएर निमार्ण सुरु गरेको छ,  कुनै पनि देशले ९९ बर्षका लागी पलट लिजमा लिएर मन्दीर तथा गुम्वाहरु बनाउने व्यवस्था छ । लुम्बिनीको गुरुयोजना अनुसार त्यहा बनाइएका गुम्बा, चैत्य, बिहार ध्यान केन्द्रहरूलाई कोषको बिहार क्षेत्र बिनियमावली २०५८ अनुसार थप मापदण्ड बनाउनु पर्नेमा कोषका कर्मचारी र पदाधिकारीहरुले मौन स्विकृती दिदा गुम्वा संचालकहरुको मनोमानी बढ्दै गएको लुम्बिनीका स्थानियवासीहरुले गुनासो गरेका छन् । २०७७ साउनमा कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीको संयोजकत्वमा गठीत समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन तत्कालीन नागरिक उडयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत निर्माण गरिएका र निर्माणाधिन बाँकी प्लटहरू (विहारहरू) को वस्तुस्थितिको अध्ययन सम्बन्धि प्रतिवदेन बुझाइएको थियो ।     कोषको बिनियमावलीमा सामान्यतया एक देशलाई एउटा मात्र प्लट दिने प्रावधान रहे पनि पहुचको भरमा दुई देखि तीन वटा सम्म दिइएको छ । लुम्बिनीमा कुल ४२ वटा संस्थालाई निर्मााण गर्नै अनुमिति दिइएको छ ।    लुम्बिनी विकास कोष विहारक्षेत्र विनियमावली, २०५८ मा थप स्पष्टता सहित निश्चित मापदण्ड निर्धारण गरी नियमित अनुगमनको थप निर्देशिका र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने, विहारक्षेत्र भित्र विनियमावलीमा उल्लेख भए बमोजिम धार्मिक गतिविधिमा संलग्न हुने सुझाव दिइएको छ ।    लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । तर बिहारमा अहिले सम्झौता बिपरित सम्रचना निमार्ण गरी दैनिक सयौ पर्यटकहरुलाई राख्दै आएका छन् ।    जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरू रहेका छन् भने कतिपय देशका मन्दिरहरू निर्माणाधिन अवस्थामा रहेका छन् । निमार्ण सम्पन्न भैसकेका र निमार्ण जारी रहेका मन्दीहरुको नियमित अनुगमन नहुदा मापदण्ड विपरित काम भैरहदा पनि लुम्बिनी बिकास कोष मौन बसेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईमार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाएको छ ।   

गिद्ध बासस्थान महोत्तरीको राई मण्डल यसरी बनाउन सक्छ पर्यटन केन्द्र

बिशाल बस्नेत /न्युज कारखाना  महोत्तरी, २३ फागुन । नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ ।    पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै  १४ बर्षदेखि सञ्चालनमा रहेको उक्त  रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ । जसले गर्दा एकातिर संसारवाट लोपोन्मुख अवस्थामा रहेको यो पंक्षीको संरक्षण भएको छ भने अर्कोतिर महत्वपूर्ण पर्यटन केंन्द्रकोरुपमा विकास हुदा स्थानियहरुको आयआर्जनमा समेत वृद्धि भएको छ ।   तर महोत्तरीको उत्तरी क्षेत्र राईमंडल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।   बर्दिवास नगरपालिकाको उपल्लो क्षेत्र राईमंडल डाडामा प्राकृतिक बासस्थान बनाएका हजारौ गिद्धहरु आहाराको छटपट्टीमा रहेका छन् भने जंगल क्षेत्रमा फ्याकिएका विषाक्त मृत जनावरहरु खादा मर्ने क्रम समेत बढेको स्थानीयहरू बताउछन । राईमंडल डाडाको सेतो भिरमा अहिलेपनि जुनसुकै समयमा सयौ गिद्धहरु देख्न सकिन्छ अझ विहानको समयमा त आकाशभरी हजारौ गिद्धहरु  देख्न सकिने स्थानीय बासिन्दा बल बहादुरको भनाई छ ।    'दुई देखी तिन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन ।' उनले भने  । 'विशेषगरी सेतो भिर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।'   जंगल क्षेत्र सिन्धुली-बर्दिवास सडक खण्डमा  कहिलेकाँही मरेको गाई-भैसी फ्याक्दा आहारको लागी बाक्लै  संख्यामा जम्मा भएतापनि फरक-फरक प्रजातिका गिद्ध भने विस्तारै लोप हुदै गएको स्थानीय बासिन्दाको भनाई छ । 'हामि कुन जाति हो भन्ने त चिन्दैनौ तर याँहा ४ देखि ५ थरिका गिद्ध देख्न सकिन्छ ।' स्थानीय विजय पोखरेलले भने । 'यस्को उचित संरक्षण भएन भने कुनैपनि गिद्ध हाम्रा पाखामा देख्न नसकिने अवस्था बन्दै गएको छ ।'   अध्यनअनुसार नेपालमा गिद्धका ९ प्रजाति पाइएको छ । यसमध्ये पहाडी भूभागमा ९ वटै प्रजाति, तराईमा ८ र हिमाली क्षेत्रमा ४ प्रजाति भेटिएको छ ।  राईमंडलका स्थानियहरुले वताएअनुसार यही क्षेत्रमा मात्र ४ देखि ५ थरिका गिद्ध देखिन्छन जुन फरकफरक रुपरंगका छन् ।   महोत्तरीका पुराना पत्रकार रविन्द्र उप्रेती वास्तव मै महोत्तरीको उत्तरी क्षेत्र गिद्धहरुको ठुलो बासस्थान भएको वताउछन । सरकारले गिद्ध सरक्षणको लागी ‘गिद्ध कन्जर्भेसन एक्सन प्लान फर नेपाल (सन् २०१५–२०१९)’ भन्ने कार्यक्रम लागु गर्दैदेखी याँहाको बिषयमा कलम चलाएको स्मरण गर्दै त्यतिवेलाको संख्या अहिले निक्कै कम भएको पत्रकार उप्रेतीको भनाइ छ । 'पहिले त पुरा आकाश नै गिद्धले ढाकेका हुन्थे ।' उन्ले भने ।    पशु उपचारमा डाइक्लोफेनेकको पहिले-पहिले व्यापक प्रयोग हुनु र नासिनु, उचित हेरचाहको अभावमा स्तान्तरण हुनु जस्ता कारणले बर्दिवासको आकाशमा पहिलेजस्तो गिद्धको संख्या कम हुदै गएको उन्को तर्क छ ।   अहिलेको अवस्थामा पनि स्थानीय सरकारले गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केंद्रकोरुपमा विकास गर्न सकिने कतिपयको सुझाव छ । उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु वहादुर खडकाले राईमंडल आकाशमा देखिने गिद्ध र बासस्थानलाई सुरक्षित गर्न नवलपरासीको जस्तै जटायु रेष्टुरेन्ट खोल्न सकिने आधार देखिएको वताए । त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले गिद्ध हेर्नको लागी स्थलगत अनुगमन नै गरेको वताउदै वास्तवमा नै उक्त स्थललाई चराचुरुङ्गीहरुसँग जोडेर पर्यापर्यटनको रुपमा विकास गर्न सकिने महत्वपूर्ण आधार रहेको र यस्को लागी स्थानीय सरकारले तत्काल नै नेतृत्व गर्नुपर्ने  वताउँछन ।   अहिले चरिचरणका लागी स्थानियहरुले जंगलमा छाडेका पशुचौपायालाई बन्यजन्तुले कहिलेकाँही मार्ने र त्यसैलाई उनीहरुले आहार वनाउने हुदा बासस्थान समेत यतै वनाएको स्थानीय राजन मगर बुझाइ छ । 'बडो रमाइलो लाग्नेगरी आकाशभरी गिद्ध घुम्दा मन नै उत्साहित हुन्छ, एकैछिन भएपनि सारा थकान मेटिन्छ ।' उनि खुसी हुदै भन्छन ।   तर सरोकारवाला निकायले ध्यान नदिदा गिद्ध कै कारण मनोरम वनेको राईमंडलको अस्तित्व नै समाप्त हुने त हैन भन्ने स्थानियहरुमा चिन्ता थपिएको छ । 'कतिपय मानिस त वाहिरवाट समेत गिद्ध हेर्न कै लागी राईमंडल आउने गर्दछन जसले यो ठाँउको महत्वलाई अनौपचारिकरुपमा प्रचारप्रसार भईरहेको छ ।' बर्दिवास-३ का रमेश खत्रीले भने । 'स्थानीय सरकारले यस्मा भूमिका खेलिदिनु पर्ने देखिन्छ ।'   स्थानीय पत्रकारहरुले स्थानीय र मुलधारका  मिडियावाट समाचार सम्प्रेषण गरेपछी यो ठाँउको चर्चा बढ्दै गएको देखिएको छ । यसैको परिणामस्वरुप विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले राईमंडल डाडामा पदयात्रा नै आयोजना गरेका छन् । उधोग बाणिज्य संघ बर्दिवासको टिम यस क्षेत्रमा भएका सम्भावनाहरुलाई लिएर संघिय मन्त्रालयमा डेलिगेसन नै गएका थियो । गिद्ध लगायत राइमंडलको पर्यटकीय सम्भावनाहरुको सम्भाव्यता अध्यन गर्न मन्त्रालयवाट केहीदिन भित्रै विज्ञ टोली नै पठाउने आस्वासन भएको संघका अध्यक्ष खड्काले जानकारी दिए ।   अहिले पछिल्लो समय पशुचौपायाको उपचारमा प्रयोग हुदै आएको एसिक्लोफेनेक, किटोप्रोफेन, निम्सुलाइड औषधि प्रचलनमा प्रचलनमा देखिएका छन्  यी औषधि पनि गिद्धका निम्ति केही मात्रामा हानिकारक नै भएको विज्ञहरु वताउछन ।

बर्दिवासमा आदिवासी जनजाति महोत्सव हुँदै

विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, १४ फाल्गुन । नेपाल आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समिति महोत्तरीले बर्दिवास चौथो महोत्सवको घोषणा गरेको छ। फाल्गुन २४ देखि चैत ५ सम्म सञ्चालन गर्नेगरि चौथो पटक उक्त महोत्सवलाई निरन्तरता दिने भएको हो। जनजातिहरीको सांस्कृतिक पाटाहरुको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आदिवासी जनजाति माहासंघ जिल्ला समन्वय समितिका अध्यक्ष धननारायण श्रेष्ठले जानकारी दिए। झण्डै १ लाख पर्यटक भित्र्याएर बर्दिवासको विशिष्ट चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानिय उत्पादनहरुलाई समेत पवर्द्धन गर्ने आयोजक पक्षको तयारी छ। राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको माध्यमवाट महोत्सवलाई थप विशेष बनाउने जिल्ला सचिव मनिष समालले बताए। महोत्सवमा राखिने १५० स्टलमध्ये ९ वटा स्टलमा आयोजकको तर्फबाट विभिन्न जातजातिको भेषभुषा र संस्कार झल्कने गरि पर्दसन गरिने पनि आयोजक पक्षले जनाएको छ। वरिष्ठ उपाध्यक्ष हर्क लामाका अनुसार उदघाटनका दिन र समापनको दिन बर्दिवासमा रहेका हजारौ जनजातिहरुले आफ्नो झाकी र कला पर्दसन गर्नेछन्। यस्को लागि निक्कै आन्तरिक तयारी भैइरहेको उपाध्यक्ष लामाले बताए। यसअघि महोत्सवबाट सिकेका बिषयलाई यो महोत्सवमा थप परिमार्जित गरि नयापन दिइने आयोजक पक्षको दावी छ।  विगतमा भएका महोत्सवमा देखिएको दर्शकहरुको चाहनालाई मध्यनजर गर्दै यो महोत्सवमा अहिलेसम्म कै सवैभन्दा बढी राष्ट्रिय कलाकारहरु बोलाउन लागिएको महोत्सवका ब्यवस्थापक धावा लामाले जानकारी दिए।

कृषि
बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले स्थापना गर्‍यो बिक्री केन्द्र
मधेशलाई मरुभूमि बनाउने मसलाको रुख, नराेप्न बिज्ञकाे सुझाव
भागिरथ माविलाई कृषि उपकरण हस्तान्तरण
अर्थ
नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्यको सहमति
सुनको मुल्यमा हालसम्मकै उच्च 
पेट्रोल र डिजेलको मूल्य घट्यो 
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
घट्यो सुनचाँदीको मुल्य
राष्ट्र बैंक रिपोर्ट: काठमाडौँको महंगी ४.०६ र पहाडको ५.३३ प्रतिशत
सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
विज्ञान/प्रविधि
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा
चीनको अन्तरिक्ष कार्यक्रममा सैन्य गतिबिधि देखिन्छः नासा प्रमुख
दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?
फेला पर्‍याे अर्को विशाल ब्लाक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ त ? जान्नुहोस
मस्कको मंगल मिसनको रकेट 'स्टारसिप' ५०० फिट अग्लो हुने
एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्
गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?
बन्ने भयो विश्वको सबैभन्दा अग्लो घडी टावर, जसकाे उचाइ हुनेछ ४२५ मिटर अग्लाे
संयुक्त राष्ट्र जलवायु प्रमुखले भने, ‘विश्वलाई बचाउन मात्र २ वर्ष बाँकी'
अन्तर्राष्ट्रिय
मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज
चीन भ्रमणमा पुटिन

काठमाडौँ । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन् । पुटिन राष्ट्रपति बनेको ९ दिनभित्र चीन पुगेका हुन् । पुटिन चीनमा २ दिन बस्ने बताइएको छ ।  चीन पुगेपछि राष्ट्रपति सी जिनपिङले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेका थिए । यस अवधिमा सोभियत युगको धुन बजाइएको थियो। पुटिनले आफ्नो भ्रमणका क्रममा युक्रेन युद्धमा चीनको निरन्तर सहयोगको माग गर्नेछन् । उनले यसअघि अक्टोबर २०२३ मा चीनको भ्रमण गरेका थिए । रुस–युक्रेन युद्धको शुरुवाती दिनमा पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले आपसी साझेदारीको कुनै सीमा नभएको बताएका थिए । मार्च २०२३ मा जिनपिङले मस्को भ्रमण गर्दा यो दुई देशबीचको नयाँ युगको सुरुवात भएको बताए। जिनपिङले रूसबाट सस्तो मूल्यमा ग्यास आयात गर्ने र साइबेरियाको पावर पाइपलाइनबारे छलफल गर्नेछन् । यो पाइपलाइनमार्फत रुसले साइबेरियाबाट मंगोलिया हुँदै चीनलाई ग्यास आपूर्ति गर्छ । उही समयमा, यस भ्रमणको क्रममा, पुटिनले युक्रेन विरुद्ध आधुनिक हतियार र लामो दूरीको ड्रोनको लागि सम्झौता गर्ने प्रयास गर्नेछन् । तर, दुवै देशले त्यस्तो कुनै पनि कुरा अस्वीकार गर्दै आएका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रमा सहयोग र जनतासँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा छलफल हुनेछ। रुसी अधिकारीका अनुसार दुई नेताले वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्नेछन् । दुवै नेता रुस–चीन मित्रताको ७५ वर्ष पुगेको अवसरमा आयोजित शाही भोजमा पनि सहभागी हुनेछन् । पुटिनले आफ्नो भ्रमण अघि युक्रेन युद्धमा सहयोग गर्न बेइजिङको तत्परताको प्रशंसा गरेका थिए । पुटिनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेट गर्नेछन् । उनले व्यापार र लगानी प्रदर्शनीका लागि उत्तरपूर्वी शहर हार्बिनको पनि भ्रमण गर्नेछन्। चिनियाँ भन्सार तथ्याङ्कका अनुसार युक्रेनमा भएको आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । सन् २०२३ मा व्यापार २० लाख करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ, तर मार्च र अप्रिलमा रूसमा चिनीको निर्यात घटेको छ । यसको कारण अमेरिकालाई दिइएको छ । यसपछि चिनियाँ बैंकहरूले रुसी ग्राहकसँगको कारोबार रोकेका वा कम गरेका छन् ।

खेल
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुने छ । त्यसैगरी गुजरात भने आइपिएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ । पछिल्लो कोलकोताविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरातको १३ खेलमा ११ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ । गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ । गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।  त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।  

राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव  किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पञ्जावको यस सिजनमा यो पाँचौं जित हो । १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ । त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ । राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।  

शिक्षा
बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी
भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास
राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत
विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा 
ग्यालरी
भिडियो
परराष्ट्र मन्त्री साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता

काठमाडाैं, १९ पुस । पराराष्ट्र मन्त्री एनपी साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता भएकाे छ ।   दरबारमार्गस्थित हाेटल याक एन्ड यतीमा दुइ समकक्षीका बिचमा भेटबार्ता भएकाे हाे ।

शुन्य समयमा बोल्दै सांसदहरु

शुन्य समयमा बोल्दै सांसदहरु

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्‍यो : प्रेम सुवाल

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी

नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी