
सम्झना राईले गरिन करिब ३ सय सर्पकाे उद्दार, बनाइन फरक पहिचान
मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्। सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजीब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र श्रम खपत गर्न थालिन्। सर्पलाई मार्नुपर्ने सोचलाई चिर्दै, उनी सर्पप्रति चिन्ता र देखावटी डरको छायाँ हटाएर उनी आफ्नो समाजमा सर्प प्रतिको समझदारी र सहिष्णुता फैलाउने अभियानमा जुटेकी छन्। ‘सर्प हाम्रो सत्रु होइन, मित्र हो,’ सम्झना भन्छिन्, ‘सर्प बचाउन सके हामीलाई थाहा हुन्छ कि हामीले प्रकृतिको सन्तुलन र सम्पूर्ण पारिस्थितिकी प्रणालीलाई बचाउन सहयोग पुर्याएका छौं। यही सोचले मलाई यस अभियानमा भाग लिन प्रेरित गर्यो।’ उनको यो सोच सामाजिक सन्देश र उद्धारका कार्यहरूमा ध्यान आकर्षित गरिरहेको छ। सम्झनाको सर्प उद्धार कार्य यात्रा कुनै साधारण काम होइन। शुरूमा उनलाई धेरै जसो मानिसहरूको आलोचना र चिन्ता भोग्न पर्यो। २० वर्षकी उमेरमा उनले सर्पसँग सम्बन्ध बनाउने निर्णय गरिन्, जब उनले सर्पहरूको साँचो महत्व र सर्पहरूको संरक्षण विषयमा अध्ययन गर्न थालिन्। ‘सर्पलाई मानिसहरूले जस्तो डर र घृणा जनाएका छन्, त्यस्तै सर्पको वास्तविकता छैन,’ उनले भनिन्। ‘सर्पहरूले हामीलाई कुनै धोका दिँदैनन्। प्रकृतिमा तिनीहरूको विशेष स्थान छ।’ सम्झना राइलाई यिनीको प्रेरणा भनेको देव राई र मास्के श्रेष्ठजस्ता साथीहरू थिए, जसले उनलाई सर्प उद्धारमा लाग्नका लागि प्रेरित गरे। उनीहरू दुवै सर्प उद्धारका क्षेत्रमा कार्यरत छन् र उनीहरूको सँगसँगै काम गर्दै सम्झनाले यो क्षेत्रमा सशक्त स्थान बनाएको छ। उनी भन्छिन्, ‘सङ्गतले ठूलो प्रभाव पार्छ। देव र मास्के जस्ता साथीहरूको साथले मलाई यो कार्यमा साहस र हिम्मत प्रदान गरिदिए ।’ सम्झनाका लागि चुनौतीहरूको एक ठूलो हिस्सा भनेको महिला सर्प उद्धारकर्ता हुनु हो। हाम्रो समाजमा महिलाहरूलाई सर्पको नजिक जानेलाई अस्वीकृति र डरको दृष्टिले हेरिन्छ। ‘महिलाहरू सर्प देख्दा सात कोश टाढा भाग्छन्, तर म भने सर्प समाउँछु। यो कार्य गर्दा सामाजिक मान्यता र डरले पनि हामीलाई बारम्बार रोकेको छ,’ सम्झना भन्छिन्। तर, सम्झनाले यो चुनौती स्वीकारेर आफ्नो पथमा अडिग रहिन्। घरका सदस्यहरू सुरुआतमा चिन्तित भए पनि उनको अडान र दृढताले सबैलाई कन्भिन्स गर्न सफल बनायो। अहिले उनको परिवार पनि उनलाई सर्मथन गर्दछ। सम्झना राईलाई सर्पको सही संरक्षण र सम्हालका लागि आवश्यक ज्ञान प्राप्त गर्नको लागि उनले चितवनमा केही दिनको विशेष तालिम लिएकी थिइन्। सर्प विशेषज्ञहरूले उनलाई विषालु र अविषालु सर्प बीचको भेद, सर्पहरूको बनावट, रङ्ग, र स्वभाव जस्ता विभिन्न पक्षहरूका बारेमा प्रशिक्षण पाएकी छिन्। यस तालिमले उनलाई सर्प समाउने क्रममा सर्पको वास्तविक पहिचान गर्ने क्षमता दिएको छ। सम्झना सर्पप्रतिको आफ्ना ज्ञान र अनुभवलाई अन्नत बनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हामीले सर्पको खतरनाक वा नखतरनाक प्रवृत्तिलाई चिन्न आवश्यक छ। उदाहरणका रूपमा गोमन सर्पको टाउको फराकिलो र विषालु हुन्छ, यदि यसले टोक्यो भने आधा घन्टामा अस्पताल पुग्न सकिएन भने जान गुमाउन सक्छ।’ सम्झना राईको काम धेरै हदसम्म सशक्त भए तापनि, उनले सर्प उद्धारका लागि उपयोग गर्ने उपकरणहरूको अभाव छ। उर्लाबारी नगरपालिकाले केही उपकरण उपलब्ध गराए पनि उनले कार्य गर्नका लागि आवश्यक अन्य उपकरणहरूको लागि आफ्नै गोजीबाट खर्च गर्नु परेको छ। ‘महिनामा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गर्छ,’ उनी बताउँछिन्, ‘तर सरकारको तर्फबाट कुनै पनि दीगो सहयोग प्राप्त भएको छैन।’ सर्प उद्धारको काम साहसिक भए तापनि, यस्ता कामहरूमा सरकारी स्तरबाट विशेष सहयोगको आवश्यकता स्पष्ट देखिन्छ। ‘मलाई र अन्य सर्प उद्धारकर्ताहरुलाई राज्यको सहयोगको ठूलो आवश्यकता छ,’ उनी थप्छिन्। सम्झनाको सर्पसँगको अनुभवको पहिलो क्षण भनेको उनको पहिलो सर्प समाउने पल हो। उनले भनिन, ‘पहिलो पटक सर्प समाउने सोच्दा पनि मलाई डर लागिरहेको थियो, तर त्यो एक अनौठो रोमाञ्चक अनुभव बन्यो।’ यो पल सम्झनाको जीवनको एक मीलपत्थर बन्यो र उनले त्यसपछि सर्पको संरक्षकको रूपमा कसम खाइन्। मिडियामा पनि सम्झनाले आफ्नो यात्रा सुरु गरिन्। उनले झापाको रेडियोमा आरजेको रूपमा करिअर सुरु गरिन् र पछि बिर्तामोडको सेल्फी टिभीमा कार्य गर्दै हाल आफ्नै अनलाइन मिडिया प्लेटफर्म चलाउँदै छिन्। सम्झनाको सर्प उद्धारको यात्रा केवल सर्पप्रतिको समर्पण मात्र होइन, यो सामाजिक भय र अज्ञानतासँगको संघर्षको कथा पनि हो। उनले भनिन, ‘हामी सर्पलाई देख्दा मर्छौं जस्तो सोच्दछौं, तर साँचो कुरा भनेको हामी प्रकृतिलाई मारेका हौं।’ सम्झनाले यस कार्यमा समाजलाई अज्ञानताको पर्दा हटाउन र सर्पको वास्तविक महत्व बुझ्न मद्दत गर्न चाहन्छिन्। उनको भनाइ छ, ‘सर्पलाई देख्दा भाग्नुको सट्टा, हामीले तिनको साथमा बाँच्न र समझदारीका साथ हिँड्न सिक्न आवश्यक छ।’

उर्जा मन्त्रीले भने, ‘नेपाल उर्जा ब्यापार युगमा प्रवेश गरयाे’
काठमाडौं, १ असार । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन । उर्जा तथा सिंचाइ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन । दक्षिण एसियाबाट तेस्रो मुलुक विजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत ब्यवसायिक रुपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाई छ । उर्जा क्षेत्रबाटै समृद्दी हासिल हुने भन्दै मन्त्री खड्काले १० बर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरि भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्दी हासिल गरिने बताए । नेपाल विद्युत प्राधिकरणले गएराति ९असार १ अर्थात जून १५० १२ बजेबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाईन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएको थियो । पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा ब्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र वंगलादेशमा विजुली निर्यात गरि अर्बौ आम्दानी गर्ने बताए । उहाँले भने, ‘अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउदै लगिएको छ ।’ विगतका बर्षहरुमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतबर्ष भन्दा अहिले क्रमश कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न उहाँले आग्रह समेत गरे । आइतबार अर्थात आजदेखि बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म बिक्रि गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ । त्यस्तै, नेपालले जून १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २ सय मेगावाट विक्रि गरेको छ । त्यस्तै, विहारमा पनि ८० मेगावाट विद्युत आइतबाटै निर्यात सुरु गरेको छ ।





एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. कडरियाले गरे उम्मेदवारी दिने तयारी
काठमाडौं - एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्। २५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्। आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ-गाउँमा पुगेर उपचार सेवा दिएको लगायत योगदानका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए। आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन्। २०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए। यसैगरी, डा. कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन्। उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ। उनले २०७२ को महाभूकम्पकाे समयमा सिन्धुपाल्चोकमा स्वयंसेवक भएर काम गरेका थिए। यसैगरी कोरोना महामारीको समयमा पनि धुलिखेल अस्पतालमा अहोरात्र खटिएका थिए। कोरोना महामारीकै बेला उनले रामेछापमा पुगेर दुई हजार सात सय बिरामीको उपचारसमेत गरेका थिए। जाजरकोटमा भूकम्प गएको बेला पनि उनी एक महिनासम्म उपचार र उद्धारमा खटिएका थिए।

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ५४ जनाले लिए सेवा

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

विश्वमा हरेक दुई मिनेटमा एक गर्भवती महिलाको मृत्यु
‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी सुरु
‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै
काठमाडौं, ४ जेठ। ‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ। ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरु रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो। फोटो प्रदर्शनीको उद्घाटन जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ। फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तरक्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन्। फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन्। रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन्। उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो। उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन्। साथै विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन्। उनी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन्। उनले ‘सुनौलो सुनछहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन्। उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन्। उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन्। रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन्। उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन्। यिनै पर्यटन विकास र प्रवर्द्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन्।
पर्यटन आगामनमा कीर्तिमान, अप्रिलमा मात्रै १ लाख १६ हजार बढी
काठमाडौं, २२ बैशाख । गत अप्रिल २०२५ मा १ लाख १६ हजार ४९० अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको पर्यटन इतिहासमा सबैभन्दा राम्रो अप्रिल महिना भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। जुन कोभिड महामारी पछि अप्रिलमा आएका पर्यटनको संख्या १०६.५ प्रतिशत बढी भएको बोर्डको दावी छ । ‘पूर्व महामारी स्तरमा पुगेका छौं, बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको देखिएको छ,’ बोर्डका सिइयो दिपकराज जोशीले भने, ‘पर्यटनमा यो खालको उल्लेख्य वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सम्भाव्यताको प्रमाण हो।’ बोर्डका अनुसार सबैभन्दा बढी छिमेकी मुलुक भारतवाट नेपाल भ्रमण भएको छ भने दोस्रो स्थानमा अमेरिका रहेको छ । जसअनुसार अप्रिल महिनामा दक्षिण छिमेकी मुलुक भारतवाट मात्रै २५ हजार ९३३, अमेरिकावाट १० हजार ५३ जनाले भ्रमण गरेका छन् । साथै, उत्तरी छिमेकी मुलुकवाट ९ हजार ३७ पर्यटक नेपाल आएका छन भने बेलायत र बंगालादेशबाट क्रमशः ६ हजार ७ सय ३८ र ५ हजार ३ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार गत जनवरी देखी अप्रिलसम्म ४ लाख १५ हजार ४८ जना बिभिन्न देशका पर्यटक नेपाल भित्रिएका छन ।
यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)
काठमाडौं, १५ बैशाख । सगरमाथा आरोहण सुरू भएको छ। विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् । यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।
ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड (फोटो फिचर )
मुकेश कुमार यादव/सिरहा, १ बैशाख। सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ। पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्। राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट लाखौको संख्यामा प्रत्येक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको स्थानिय हरिभक्त चौधरीले जानकारी बताए। सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ। आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए। उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेसले कारणवस अरु नै स्त्रिसंग विवाह गरेपनि उनीहरु विचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ। सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ मात्रै सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ। सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ। प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्। पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरेपनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ। हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ। सलहेश फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ। दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सवैलाई सहज हुनेगरी सामान विक्रिका स्टलहरु निर्माण गर्न दिईएको मेला समितिले जनाएको छ।

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्
झम्सिखेलमा खुल्याे अर्गानिक तरकारी तथा फलफूल बजार

'अज्ञात राेग'ले भैसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित
















कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता
तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् । र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्। आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो ।

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट
टोटनहमकाे नयाँ प्रशिक्षकमा थोमस फ्रान्क
काठमाडौं, ३१ जेठ । इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्क नियुक्त भएका छन् । टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा फ्रान्कलाई ३ वर्षका लागि सम्झौता गरी नियुक्त गरेको हो । “हामी एक सफल र सिर्जनशील प्रशिक्षकलाई नियुक्त गर्दैछौँ । उनले आफैँलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका छन् । हामीले उनीलाई आगामी सिजनदेखि टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय गरेका छौँ,” टोटनहमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। खासमा ५१ वर्षीय फ्रान्कले यसअघि सन २०१८ ब्रेन्टफोर्डको प्रशिक्षकको रूपमा रहेका थिए । डेनमार्कको राष्ट्रिय टोलीको उमेर समूहबाट प्रशिक्षण करियर सुरु गरेका फ्रान्कले सन् २०१३ मा ड्यानीस क्लब ब्रोन्डबाईको नेतृत्व सम्हाल्दै सन् २०१६ को मार्चमा क्लब छाडे पछि ब्रेन्टफोर्डमा प्रवेश गरेका थिए । सन् २०१८ को अक्टोबरमा टोलीका मुख्य प्रशिक्षक डिन स्मिथ पदबाट बर्खास्त भएपछि उनी सो मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । अब उनी टोटनहममाबाट आफ्नो कुशलता प्रदर्शन गर्नेछन् ।
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
म्युनिख, जर्मनी, २६ जेठ । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतवार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ। अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधी हासिल गरेको हो । पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो । मार्टिन जुबिमेन्डीले पोर्चुगलबिरूद्द २१ मिनेटमा गाेल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए । तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन। त्यसमाथी अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन् । अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो । पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो । यो जित पोर्चुगलको लामो इतिहासमा इबेरियन प्रतिद्वन्द्वी स्पेनमाथिको दोस्रो प्रतिस्पर्धात्मक जीत हो। पोर्चुगलको एक मात्र प्रतिस्पर्धात्मक खेलमा स्पेन माथि १–० को जित थियो, जसले स्पेनियार्ड्सलाई युरो २००४ बाट बाहिर निकालेको थियो।










परराष्ट्र मन्त्री साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता
काठमाडाैं, १९ पुस । पराराष्ट्र मन्त्री एनपी साउँद र भारतीय बिदेश मन्त्री बिचमा भेटबार्ता भएकाे छ । दरबारमार्गस्थित हाेटल याक एन्ड यतीमा दुइ समकक्षीका बिचमा भेटबार्ता भएकाे हाे ।
शुन्य समयमा बोल्दै सांसदहरु
शुन्य समयमा बोल्दै सांसदहरु
पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्यो : प्रेम सुवाल
पञ्चायतकालदेखिका प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुनुपर्यो : प्रेम सुवाल
नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी
नेपालको अर्थतन्त्र उच्च घरानाहरुको नियन्त्रणमा फसेको छः मेटमणि चौधरी