भर्खरै
समाज
9 hours ago
कार्मारोङ गाउँपालिकामा असोज ८ गतेदेखि एचपीभी खोप अभियान
राजनीति
16 hours ago
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
समाज
16 hours ago
मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो
राजनीति
16 hours ago
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम
समाज
16 hours ago
वीरगन्जबाट ब्राउन सुगर र अफिमसहित दुई जना पक्राउ
समाज
17 hours ago
एमाले केन्द्रीय कमिटी बैठक: तेस्रो दिन पनि सदस्यहरूले धारणा राख्दै, भोलि सचिवालय बैठक बस्ने
भदौ महिनाका सर्वोत्कृष्ट प्रहरी बने धनुषाका वरिष्ठ सई गोले

न्यूज कारखाना रौतहट, ७ असोज । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ सई सन्तोष कुमार गोललाई २०८३ भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको छ। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ अनुसार गोलेलाई सर्वोत्कृष्ट प्रहरी छनौट गरेका हुन्। प्रहरी सेवामा जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता, कार्यसम्पादन तथा प्रहरी संगठनको छवि उकास्न पुर्‍याएको योगदानका आधारमा उनलाई उत्कृष्ट प्रहरी छनौट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बुधवार एक समारोहका बिच डीआईजी अधिकारीले गोलेलाई प्रशंसा पत्र तथा पुरस्कार प्रदान गर्दै आगामी दिनमा पनि जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न शुभकामना दिएका छन्। प्रहरी कर्मचारीको कार्यसम्पादनका आधारमा उत्कृष्टलाई सम्मान गर्ने यस्तो अभ्यासले अन्य प्रहरी कर्मचारीलाई पनि जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ। साथै, पुरस्कारलाई नियमित कार्यसम्पादन, अनुशासन र जनमुखी प्रहरी सेवासँग जोड्न सके यसले संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सक्ने देखिन्छ।

देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन

न्यूजकारखाना रौतहट, ७ असोज । बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ। केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै क्रममा बुधबार निधन भएको परिवारजनले जनाएको हो। देवताल–३ अमवा गाउँका निवासी कुशवाहाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्यलाभको कामना गर्दै आफन्त, स्थानीयवासी, साथीभाइ तथा शुभेच्छुकहरूले निरन्तर स्वास्थ्यलाभको कामना गर्दै आएका थिए। कुशवाहाको निधनसँगै देवताल गाउँपालिका–३ अमवा गाउँसहित समग्र गाउँपालिकामा शोक छाएको छ। स्थानीयवासी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

कला
अर्थ
सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

न्युज कारखाना काठमाडौं, ७ असोज । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिनपछि घटेर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.३३ अंक, फ्लोट इण्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अंक घटेको छ। आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक २.०४ प्रतिशत घटको छ। बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार सात अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य १७५ रुपैयाँ बढेर एक हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम छ।   

आगामी वर्ष विश्व अर्थतन्त्र स्थिर रहने वा सुधार हुने ५६% अर्थशास्त्रीहरूको अपेक्षा
सम्हालिँदै सेयर बजार, ७ अंकले बढ्यो नेप्से
डाटा हबको समस्या समाधानभएपछि नियमित सेयर कारोबार सुरू
असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर
स्वास्थ्य
अमेरिकी नागरिकता पाउन धनी चिनियाँ दम्पतीहरू सरोगेसीतर्फ आकर्षित
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
अल्जाइमर्सका बिरामी प्रति क्रोध होइन, माया र सहानुभूति
पर्यटन
चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: 'गोल्डेन विक' मा ३५० मिलियन डलर कमाउने लक्ष्य
रसुवा बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, कुन देशका कति ?

काठमाडौँ, ३० भदौ । रसुवाको भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका हुन् । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिंग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । भारत नेपालको विपतमा सबैभन्दा बढी भौतिक सहयोग गर्ने देश हो । बाढीमा अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स चार, जर्मनी आठ, हंगेरी एक, आइरिस दुई, इजरायल एक, लिथ्वानियाका एक, मलेसियाका ५५, नेदरल्याण्डका दुईजना बेपत्ता भएका छन् । यस्तै, न्यूजरल्याण्डका पाँच, पोर्चुगलका दुई, रसियाका ६, सिंगापुरका नौ, साउथ अफ्रिकाका ६, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्वीडेनका एकजना बेपत्ता छन्।  लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटालीका दुई, चीनका ३७, भियतनाम एक, इस्टोनियाका दुई र कोरियाका नौ पर्यटक हराएका छन् ।  बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका हुन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला  छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए ।  हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।

बाैद्ध र हिन्दु धर्मावलम्वीको साझा धार्मिक स्थल काँक्रेविहार

सुर्खेत, ३० भदौ । हिन्दु र बाैद्ध धर्मावलम्वीको साझा धार्मिक स्थल हो काँक्रेविहार । काँक्रेविहार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ स्थित सानो पहाडी टाकुरोमा अवस्थित छ ।  काँक्रेविहार पहुँच मार्ग दयनीय भएको भएपनि यस क्षेत्रको अवलोकन गर्न वार्षिक रुपमा हजारौं धार्मिक पर्यटकहरु यहाँ आउने गर्दछन् । यो एक प्राचीन बौद्धविहारसमेत हो । १२औँ शताब्दीमा निर्माण भएको काँक्रेविहार विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोडेको छ । यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् । शिखरशैलीमा निर्माण गरिएको विहारमा हिन्दु र बौद्ध संस्कृतिको संगम देख्न पाइन्छ ।   

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

बेइजिङ, ३० भदौ। अगस्ट महिनामा, ६४ वर्षीय वनस्पतिविद् झोउ याओ उत्तर-पूर्वी चीनको जिलिन प्रान्तस्थित चाङबाई पर्वतमा गरिएको अर्को एक स्थलगत अनुसन्धान यात्रा (Field Expedition) बाट फर्किए। झोउ तोङहुआ नर्मल युनिभर्सिटीका प्राध्यापक हुन्। उनी चार वर्षअघि सेवानिवृत्त भएका थिए र अहिले पुनः अनुबन्धका आधारमा सोही विश्वविद्यालयमा कार्यरत छन्। विगत चार दशकमा गरिएका अनगिन्ती यात्राहरू जस्तै, यसपटक पनि उनी आफ्नो क्यामेरा र हार्ड ड्राइभमा थप वनस्पतिहरूको तस्बिर सङ्ग्रह गरेर फर्किए। केही वनस्पतिहरू वर्षमा केही दिनका लागि मात्र देखा पर्छन्। अन्य कतिपय उच्च उचाइका जंगलहरूको भित्री भागमा हुर्कन्छन्। अझ कतिपयको पूर्ण जीवनचक्र अभिलेखीकरण गर्न वर्षौं वा दशकौँसम्मको अवलोकन आवश्यक पर्छ। झोउ आफ्नो कामलाई सरल रूपमा "प्रत्येक वनस्पतिको परिचय पत्र (ID Card) तयार पार्ने काम" भनी वर्णन गर्छन्। सन् १९८३ मा पहिलो पटक चाङबाई पर्वतमा पाइला टेकेयता, झोउले स्थलगत अनुसन्धानका क्रममा लाखौँ किलोमिटरको यात्रा गरेका छन्, दर्जनौँ जोर जुत्ता खिइएर काम नलाग्ने बनाएका छन्, ५ लाख २० हजारभन्दा बढी वनस्पतिका तस्बिरहरू खिचेका छन् और आठवटा प्राज्ञिक अनुसन्धानमूलक ग्रन्थहरू (Monograph) तयार पारेका छन्। कसै-कसैले उनको कामलाई प्राचीन चिनियाँ औषधीय ग्रन्थ 'बेन काओ गाङ मु' (Compendium of Materia Medica) को आधुनिक उत्तर-पूर्वी चिनियाँ संस्करणको रूपमा पनि व्याख्या गरेका छन्। तर झोउ आफूलाई यस्ता तथ्याङ्क वा सङ्ख्याका आधारमा चिनाउन रुचाउँदैनन्। उनले 'ग्लोबल टाइम्स' लाई बताएअनुसार उनको काम वास्तवमा निकै सरल छ: "म केवल प्रकृतिमा जे देख्छु, त्यसलाई सकेसम्म यथार्थपरक ढङ्गले भावी पुस्ताका लागि छोडेर जान चाहन्छु।" एउटै फलका लागि ३० वर्षको प्रतीक्षा झोउले एकपटक एउटा बोटको फलको तस्बिर लिन ३० वर्षसम्म प्रतीक्षा गरे। 'बन्चबेरी' (Bunchberry) नामको यो बोट चाङबाई पर्वतमा करिब १,५०० मिटरको उचाइमा पाइन्छ। सन् १९९३ मा जब उनले पहिलो पटक यो बोट देखे, उनले यसका फूलहरूको तस्बिर लिएर अभिलेखीकरण गरे। तर एक वनस्पतिविद्का रूपमा उनलाई थाहा थियो कि बोटको जीवनचक्रका हरेक चरण—अङ्कुरण र फुल्नेदेखि फल लाग्नेसम्म—ले फरक-फरक जानकारी दिन्छन्। फलको तस्बिर बिना त्यो अभिलेख सधैँ अपूर्ण रहन्थ्यो। त्यो बोट फेला पार्नु नै निकै कठिन काम थियो। यो सामान्यतया उच्च उचाइमा उम्रिन्छ, जहाँको हावा चिसो र ओसिलो हुन्छ, वर्षा धेरै हुन्छ र वाष्पीकरण कम हुन्छ। फूलहरू ओइलाएपछि प्रायः वर्षायाम सुरु हुन्छ, जसले गर्दा फल अभिलेखीकरण गर्न मिल्ने गरी लामो समयसम्म टिकिरहन गाह्रो हुन्थ्यो। दुई दशकभन्दा बढी समयसम्म उनी त्यसको खोजीमा पटक-पटक पहाडतिर गए, तर उनले चाहेको तस्बिर कहिल्यै लिन सकेनन्। त्यसपछि, सन् २०२३ मा उनले खबर पाए कि उत्तर-पूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित लेसर खिङगान पर्वतमा उक्त बोटमा प्रशस्त फल लागेको छ। त्यतिबेला झोउ आफ्ना विश्वविद्यालयका सहपाठीहरूसँगको ४०औँ वार्षिकोत्सव पुनर्मिलन कार्यक्रममा सहभागी हुने योजना बनाइरहेका थिए। उनीहरूले एकअर्कालाई नदेखेको वर्षौँ भइसकेको थियो र उनी त्यहाँ उपस्थित होऊन् भन्ने चाहन्थे। तर उनले आफ्ना सहपाठीहरूलाई दाजु "बिरामी" परेको भन्दै आफू आउन नसक्ने बताए; त्यसलगत्तै उनले आफ्ना उपकरणहरू प्याक गरे र फिल्डमा निस्किए। अन्ततः, उनले आफूले लामो समयदेखि प्रतीक्षा गरिरहेको तस्बिर प्राप्त गरे। "बोटबिरुवाहरू मानिसको प्रतीक्षा गर्दैनन्," उनले भने, "यदि तपाईंले एउटा अवसर गुमाउनुभयो भने, अर्को वर्षसम्म कुर्नुपर्ने हुन सक्छ।" झोउका लागि, बोटबिरुवाको तस्बिर खिच्नु भनेको पूर्णता प्राप्त गर्नु हो। आफ्ना वनस्पतिसम्बन्धी कामहरूमध्ये एउटामा, झोउले एउटै बोटको अभिलेखीकरण गर्न ३५ वटा तस्बिरहरूको प्रयोग गरेका थिए। सन् १९८३ मा—अहिले बन्द भइसकेको विश्वविद्यालयबाट स्नातक गरेलगत्तै—जब झोउले चाङबाई पर्वतको व्यवस्थित अन्वेषण सुरु गरे, त्यतिबेला चीनमा वनस्पतिसम्बन्धी स्रोतसाधनहरू तुलनात्मक रूपमा सीमित थिए। धेरैजसो अभिलेखहरू चित्र वा रेखाचित्रमार्फत सुरक्षित राखिन्थे। चित्रहरूले बिरुवाको सामान्य स्वरूप त उतार्न सक्थे, तर प्रकृतिमा त्यो वास्तवमा कस्तो देखिन्थ्यो भन्ने कुरालाई भने पूर्ण रूपमा उतार्न सक्दैनथे। उनले अध्ययन गरेको संस्थाबाट केही आर्थिक सहयोग त प्राप्त भयो, तर त्यो अपर्याप्त थियो। प्रायःजसो उनले आफ्नै खर्चमा काम चलाए; पहाड र जङ्गलहरूमा उपकरण बोकेर हिँडे र कहिलेकाहीँ त उपयुक्त क्षणको प्रतीक्षामा ओसिलो जङ्गलमा पूरै दिन बिताए। सन् २०२६ मा, आफ्नो स्थलगत अनुसन्धान (Fieldwork) लाई निरन्तरता दिन उनले अन्ततः वर्षौँदेखि जतन गरेर राखेका किताबहरू बेच्नुपर्ने भयो। जब उनका साथीहरू किताबहरू लैजान उनको अध्ययन-कक्षमा आए, उनले आफ्नो डायरीमा लेखे— "मलाई यस्तो महसुस भयो, मानौँ मेरो मुटुलाई चक्कुले काटिँदै छ।" यो कुनै सामान्य सङ्ग्रह थिएन। २५ किलोग्राम तौल भएको 'उत्तर-पूर्वी चीनका औषधीय वनस्पति स्रोतहरूको एटलस' (Atlas of Medicinal Plant Resources in the Northeast of China) नामक नौ-खण्डको कृतिले वर्षौँको स्थलगत अनुसन्धान र सङ्कलित अध्ययनको प्रतिनिधित्व गर्दछ। त्यसो भए तापनि, उनले आफ्नो यात्रा रोकेनन्। पछि उनले आफ्नो डायरीमा लेखे, "वैज्ञानिक अन्वेषण सधैँ एउटा यात्रा हो।"

अन्नपूर्णको चुचुरोमा अक्सिजन त्याग्ने दावा: हिमालबाट फर्किए, तर गुमाए आफ्नै सात औँला

काठमाडौं, २३ भदौ। संखुवासभाका २६ वर्षीय दावा नर्बु शेर्पा पेसाले पर्वतारोहण पथप्रदर्शक (माउन्टेन गाइड) हुन्।   घरमा श्रीमती र दुई साना बालबालिकाको लालनपालन गर्ने मुख्य जिम्मेवारी उनकै काँधमा छ। हिमालयको काखमा डोरी र औजारहरूसँग खेल्दै परिवारको पेट पाल्दै आएका दावाको जीवन यसै वसन्त ऋतुमा अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा सदाका लागि बदलियो।   १९ अप्रिल २०२६ का दिन दावा एक स्विस पर्वतारोहीलाई डोर्‍याउँदै अन्नपूर्णको चुचुरोतर्फ अघि बढ्दै थिए। शिखर नजिकै पुग्दा विदेशी क्लाइन्टको अक्सिजन सिलिन्डर रित्तियो। हिमालको मृत्यु क्षेत्र (डेथ जोन) मा अक्सिजन सकिनुको अर्थ सीधा मृत्यु हो। यस्तो परिस्थितिमा दावाले एक पल पनि नसोची आफ्नो अक्सिजन सिलिन्डर ती क्लाइन्टलाई सुम्पिए। उनलाई लागेको थियो, दुवै जना अलि छिटो ओर्लिएर 'क्याम्प ४' भन्दा माथि राखिएको अर्को सिलिन्डरसम्म पुग्न सकिने छ।   क्लाइन्ट त शिखर छोएर अक्सिजनको सहारामा छिट्टै तल झर्न सफल भए तर अक्सिजनविहीन बनेका दावाको शरीरले बिस्तारै साथ छोड्न थाल्यो। अत्यधिक थकान र अक्सिजनको कमीले उनको गति सुस्त भयो। अन्नपूर्णको त्यो दुर्गम र अत्यधिक चिसो उचाइमा उनी एक्लै पर्न गए।   बाटो बिराएपछि उनले आफूलाई 'फिक्स्ड रोप' अर्थात सुरक्षा डोरी नभएको जोखिमपूर्ण ठाउँमा पाए। अघि बढ्न नसकेपछि उनले त्यो डरलाग्दो रात खुला आकाशमुनि माइनस डिग्रीको कठ्याङ्ग्रिँदो चिसोमा बिताउनु पर्यो। त्यतिन्जेलसम्म उनका हातहरू सुन्न भइसकेका थिए। भोलिपल्ट कुनै न कुनै रूपमा बाटो फेला पारेर तल झर्दै गर्दा उनलाई गम्भीर 'फ्रस्टबाइट' अर्थात अत्यधिक चिसोले अङ्गमा पुर्‍याउने क्षति भइसकेको थियो।   '८ के एक्सपिडिसन्स' का अनुभवी गाइड अशोक लामाले उच्च जोखिम मोलेर चलाएको उद्धार अभियानपछि दावालाई 'क्याम्प ३' हुँदै अस्पताल पुर्‍याइयो। विश्वकै खतरनाक हिमालबाट जीवित फर्कन त उनी सफल भए, तर त्यसको ठूलो मूल्य चुकाउनुपर्यो अर्थात चिकित्सकहरूले उनका हातका सातवटा औँलाहरू काट्नुपर्यो।   भविष्यको अनिश्चितता र सहयोगको याचना   जुन हातले डोरी समातेर पर्वतारोहीहरूलाई हिमाल चढाउँथे, तिनै हातका औँला गुमेपछि २६ वर्षीय यी पिताका अगाडि अब जीवनयापनको ठूलो प्रश्नचिह्न खडा भएको छ। "आफ्नो परिवारको पालनपोषण गर्ने पेसामा फेरि कहिल्यै फर्कन सकिएला कि नसकिएला?" भन्ने अनिश्चितताले उनलाई कहिलेकाहीँ पिरोल्छ।   अहिले 'एभरेस्ट टुडे' ले दावाको यो त्याग र साहसिक कथालाई विश्वभरका पर्वतारोही समुदाय र संवेदनशील मनहरूसम्म पुर्‍याउने प्रयास गरिरहेको छ। संकलित सहयोग रकमबाट उनको उपचार, पुनर्स्थापना, कृत्रिम औँलाको व्यवस्थापन, छोराछोरीको शिक्षा र नयाँ जीविकोपार्जनको बाटो खोज्न खर्च गरिनेछ।   अन्नपूर्णको चुचुरोमा अरूको ज्यान बचाउन आफ्ना सातवटा औँला आहुति दिएका दावाका साना छोराछोरीले ती औँलासँगै आफ्नो उज्ज्वल भविष्य पनि गुमाउन नपरोस् भन्ने आशा र प्रार्थना सबैको रहेको एभरेष्ट टुडेले जनाएकाे छ।  

कृषि
जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान
वडा अध्यक्षको सक्रियतामा १० हजार बिरुवा वितरण, प्रहरी कार्यालयमा वृक्षारोपण
मलखाधमा बदमासी गर्ने सहकारीलाई कारबाही गर्छौं: डिएसपी आचार्य
अध्यात्म/दर्शन
विज्ञान/प्रविधि
सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण
​​​​​​​आजको मौसम: देशैभरी मध्यम देखी भारी बर्षा हुने
विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
आजको मौसम: देशैभरी मध्यम तथा भारी वर्षाको सम्भावना
निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन
आजको मौसम: देशैभरी मध्यम तथा भारी बर्षा हुने
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
पहिलो पटक भेटियो मांसाहारी बिरूवा, डार्बिनको अनुमान १४० बर्ष पछि पुष्टी
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव रहने
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
राजनीति
देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन
न्युयोर्कबाट प्रधानमन्त्री बालेनको सन्देश : तीन दिनसम्म विशेष सतर्कता अपनाऔं
बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा
एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ
ऊर्जामन्त्री श्रेष्ठले संसद्‍मा भने- विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन (पूर्णपाठ)
निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा
कांग्रेस नगर सभापतिमा सन्तोषको दाबी, यस्ताे छ उनकाे भावी कार्यदिशा
प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान
अन्तर्राष्ट्रिय
हुथी विद्रोही 'आतंकवादी मिलिसिया', मक्कामाथिको आक्रमण जघन्य अपराध: साउदी राजा सलमान
शिक्षक हत्याकाण्डका मुख्य आरोपी इनामी पूर्वप्रमुख चमन पक्राउ

न्यूज कारखाना रौतहट ७ असोज। रौतहट र बारासँग जोडिएको भारतको बिहारस्थित मोतिहारी प्रहरीले शिक्षक शमशाद हत्याकाण्डका मुख्य आरोपी तथा २० हजार भारतीय रुपैयाँका इनामी पूर्वप्रमुख ‘चमन’लाई पक्राउ गरेको छ। मोतिहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातको निर्देशनमा प्रहरीले चलाएको विशेष अभियानअन्तर्गत आरोपीलाई पक्राउ गरिएको हो। सदर डीएसपी दिलीप कुमारको नेतृत्वमा गठित विशेष अनुसन्धान टोली (एसआईटी) ले गोप्य सूचनाका आधारमा नगर थाना क्षेत्रको मधुबन छावनी चोकबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आरोपी चमन उक्त क्षेत्र हुँदै गइरहेको सूचना पाएपछि एसआईटीले तत्काल घेराबन्दी गरी उनलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीसँग घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको छ। गत १७ सेप्टेम्बरमा विद्यालयबाट घर फर्किने क्रममा शिक्षक शमशादको अपहरण गरिएको थियो। उनलाई कुटपिट गरी सडक किनारमा फालिएको अवस्थामा भेटिएको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि आक्रोशित परिवार तथा स्थानीयले सडक अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी न्याय दिन माग गरेका थिए। त्यसपछि प्रहरीले घटनाका फरार मुख्य आरोपी चमनको पक्राउका लागि २० हजार भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको थियो। प्रहरीले फरार आरोपी पक्राउ गर्न सफल भएको जनाएको छ। 

म्याक्रोनले भने- बमबारी गरेर इरानामा सत्ता परिवर्तन गर्ने कुरा व्यावहारिक छैन

न्युयोर्क, ७ असोज । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले होर्मुज जलसन्धि भएर हुने आवातजावतलाई सहज र सम्भव बनाउन फ्रान्स थप सक्रिय भूमिका खेल्न तयार रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले होर्मुज जलसन्धिको सन्दर्भमा आफू "कुनै पनि मुलुकसँग द्वन्द्वमा उत्रिन नचाहेको तर त्यहाँबाट हुने आवातजावतलाई सम्भव बनाउन र केही क्षमताहरूको रक्षा गर्न थप सक्रिय भूमिका खेल्न तयार रहेको" स्पष्ट पारे। म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो भेटवार्ताको "मुख्य उद्देश्य" उक्त महत्त्वपूर्ण जलमार्गलाई खुला राख्न र बढ्दो विश्वव्यापी ऊर्जा संकटको समाधानका लागि "सही सम्झौता खोज्नु" रहेको बताएका छन्। सो क्रममा उनले सुरुमै सैन्य कारबाहीमा जाने अमेरिकी निर्णयको आलोचना गर्दै भने, "कुनै देशमा बमबारी गरेर सत्ता परिवर्तन गर्ने कुरा मलाई व्यावहारिक लाग्दैन। यसले काम गर्दैन र विगतका दशकहरूमा हामीले धेरै पटक यस्तो गल्ती गरिसकेका छौँ।" यसअघि युद्धमा अमेरिकालाई सहयोग नगर्ने फ्रान्सको निर्णयबारे प्रस्ट पार्दै म्याक्रोनले भने, "जब तपाईं अरूलाई कुनै कार्यमा संलग्न गराउन चाहनुहुन्छ, तब उनीहरूसँगै रणनीति बनाउनुहुन्छ र युद्ध सुरु गर्नुअघि परामर्श गर्नुहुन्छ। हामीले यस युद्धमा सामेल नहुने निर्णय गर्‍यौँ किनभने हामीले यसलाई सही विकल्प ठानेनौँ र म अझै पनि यसलाई सही विकल्प मान्दिनँ।"

सी जिनपिङको अमेरिका भ्रमणले दुई देशकाे सम्बन्धमा रणनीतिक स्थिरता र सहकार्य सुदृढ हुने

बेइजिङ, ७ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको राजकीय भ्रमण सुरु गर्न लागेका बेला दुवै देशले आशा व्यक्त गरेका छन् । राष्ट्रप्रमुखस्तरीय कूटनीतिबाट निर्देशित विश्वका यी दुई ठूला अर्थतन्त्रहरूले सहयोगका थप क्षेत्रहरू पहिचान गर्न र विश्वव्यापी शासन प्रणालीमा सुधार ल्याउने सम्भावनालाई बलियो बनाउन सक्ने उनीहरूकाे अपेक्षा छ।   याे भ्रमण र मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चीनको राजकीय भ्रमणलाई जोड्दा, यी दुई देशले छ महिनाको अन्तरालमा राजकीय भ्रमणको आदान-प्रदान गरी एक महत्त्वपूर्ण कोसेढुंगा पार गर्नेछन्। मे महिनामा भएको भेटवार्तामा सी र ट्रम्प रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्ने नयाँ दृष्टिकोणमा सहमत भएका थिए।   चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार बताएअनुसार, चीन रणनीतिक स्थिरतामा आधारित चीन-अमेरिका रचनात्मक सम्बन्धको "विषयवस्तुलाई अझ समृद्ध बनाउन" अमेरिकासँग मिलेर काम गर्न इच्छुक छ। बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने चीन "अमेरिकासँग संवाद र सहयोग सुदृढ गर्न, मतभेदहरूको उचित व्यवस्थापन गर्न, दुवै देशका जनताको हितमा निरन्तर अभिवृद्धि गर्न तथा विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्न" इच्छुक छ।   हालको चीन-अमेरिका सम्बन्धलाई "निकै हदसम्म नेतृत्वद्वारा निर्देशित सम्बन्ध" भन्दै, अमेरिकास्थित थिंक ट्यांक 'द कार्टर सेन्टर' अन्तर्गतको 'चाइना फोकस' की विशेष सल्लाहकार एलिजाबेथ नुपले भनिन्, "दुवै देशले प्रतिस्पर्धात्मक पक्षहरूलाई कम गर्दै गैर-प्रतिस्पर्धात्मक पक्षहरूलाई विस्तार गर्न आवश्यक छ, र आशा छ कि यस्तै भइरहेको छ।"   "विश्वव्यापीस्तरमा अमेरिका र चीनबीचको सहकार्यको सबैभन्दा सकारात्मक उदाहरणमध्ये एक विगतको इबोला महामारीको समय थियो, जतिबेला अफ्रिकामा उक्त महामारीको सामना गर्न दुवै देशले आ-आफ्ना क्षमताहरूलाई एकीकृत गरेका थिए," दुवै देश मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले भनिन्। उनका अनुसार अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्धमा 'फेन्टानिल' को मुद्दामा केही प्रगति भएको छ र "त्यो प्रक्रिया अघि बढिरहेको छ।" उनले थपिन्, "मलाई आशा छ कि हामीले अन्य क्षेत्रहरू, जस्तै शैक्षिक आदानप्रदान, पनि पहिचान गर्न सक्नेछौं, जहाँ हामी ठोस छलफल सुरु गर्न र समस्या समाधानका ठोस उपायहरू पहिल्याउन सक्छौं।" चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजकी सह-अनुसन्धानकर्ता सु सियाओहुईले यस साता भएको सीको भ्रमणले चीन-अमेरिका सम्बन्ध "सामान्यतया दुवै राष्ट्र प्रमुखहरूले तय गरेको रचनात्मक रणनीतिक स्थायित्वको बाटोमा अघि बढिरहेको" देखाएको बताइन्।   "चीन-अमेरिका सम्बन्धमा राष्ट्र प्रमुखस्तरीय कूटनीतिले पुनः एकपटक रणनीतिक तथा नेतृत्वदायी भूमिका खेल्नेछ। राष्ट्रपति सीको अमेरिका भ्रमण दुई राष्ट्रप्रमुखहरूका लागि पुनः रणनीतिक संवादमा संलग्न हुने महत्त्वपूर्ण अवसर बन्नेछ," उनले भनिन्। अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाका राष्ट्रप्रमुखहरूबीचको कूटनीतिलाई नजिकबाट नियालिरहेको र उनीहरू चीन-अमेरिका सहकार्यका थप आशाजनक सम्भावनाहरू देख्न चाहन्छन्, जसले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा अझ बढी निश्चितता प्रदान गर्न सकोस् भन्ने सुको भनाइ थियो।   यसै वर्षको सुरुमा, दुवै देशका कानुन कार्यान्वयन गर्ने निकायहरूले लागुऔषधसम्बन्धी विभिन्न मुद्दाहरू, जस्तै कृत्रिम क्यानाबिनोइड्स उत्पादनमा प्रयोग हुने कच्चा पदार्थसँग सम्बन्धित अन्तरदेशीय मुद्दा, सुल्झाउन सहकार्य गरेका थिए।   आइतबार, चीन र अमेरिकाले न्युयोर्कमा आर्थिक तथा व्यापारिक वार्ताको नयाँ चरण सम्पन्न गरे। आर्थिक तथा व्यापारिक मुद्दाहरू र अघिल्ला चरणका वार्ताहरूमा भएका सहमतिहरूको कार्यान्वयनका अतिरिक्त, दुवै पक्षले कृत्रिम बुद्धिमत्ताबारे पनि छलफल गरे।   स्टडीजकी अध्येता सुले भनिन् कि मे महिनामा ट्रम्पको चीन भ्रमणयता द्विपक्षीय सहकार्य "धेरै क्षेत्रमा अझ स्थिर र सुदृढ भएको छ।" उनले थपिन्, "आर्थिक तथा व्यापारिक सम्बन्धहरू अवरोध वा द्वन्द्वको स्रोत बन्नुको सट्टा चीन-अमेरिका सम्बन्धको आधारस्तम्भ र चालक शक्तिका रूपमा रहिरहनेछन् भन्ने बलियो आशा छ।"   पर्यवेक्षकहरूका अनुसार दुई नेताहरूले मुख्य साझा चासोका विषयहरूमा एजेन्डाहरू अघि बढाएर विश्वव्यापी एकतालाई बलियो बनाउन सक्छन्।   जोन्स हप्किन्स विश्वविद्यालयको 'स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडीज' अन्तर्गतको 'फरेन पोलिसी इन्स्टिच्युट' की निर्देशक तथा अन्तर्राष्ट्रिय मामिलाकी वरिष्ठ प्राध्यापक कार्ला फ्रिम्यानले दुई नेताहरूबीच भेटघाटको अवसर हुनु निकै सकारात्मक पक्ष भएको बताइन्। यसले "अझ दिगो र स्थिर सम्बन्ध" को बाटो खोल्न सक्ने र उक्त स्थिरता प्राप्त गर्न मद्दत पुर्‍याउने खालका "थप संस्थागत व्यवस्थाहरू निर्माण गर्न दुई नेताहरूको भेटघाटको यस अवसरलाई सदुपयोग गर्न सकिने" उनले बताएकी छन्।   (चाइना डेलीवाट भावानुवाद)

कतारी मध्यस्थकर्तामार्फत इरानद्वारा अमेरिकासमक्ष सर्तहरू पेस

न्युयोर्क, ७ असोज । इरानले कतारी मध्यस्थकर्तामार्फत अमेरिकालाई आफ्ना विभिन्न सर्तहरू अवगत गराएको जनाएको छ।   इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सरकारी समाचार संस्था 'आईआरएनए' लाई दिएको जानकारीअनुसार इरानले न्युयोर्कमा कतारी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग संवाद गर्दै आफ्ना सर्तहरू पेस गरेको हो।   इरानले अघि सारेका सर्तहरूमा सबै मोर्चाहरूमा जारी युद्धको अन्त्य गरिनुपर्ने र तेहरानले "आक्रमणकारी गतिविधि" भनेर संज्ञा दिएका अमेरिकी कार्यहरू रोक्नुपर्ने विषयहरू समावेश छन्।   यसैगरी, प्रवक्ता बाघाईका अनुसार इरानका सर्तहरूमा नौसैनिक नाकाबन्दी तथा आर्थिक युद्धको पूर्ण अन्त्य हुनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गरिनुपर्ने माग पनि समेटिएको छ।

खेल
एसियाली खेलकुदमा तेन्जिङले नेपाललाई दिलाए पहिलो पदक
बार्षिक १० मिलियन पाउन्डमा आर्टेटाको आर्सनलसँग नयाँ सम्झौता

काठमाडौं, ७ असोज। मुख्य प्रशिक्षक मिकेल आर्टेटाले इङ्लिस प्रिमियर लिग क्लब आर्सनलसँग परिमार्जित नयाँ सम्झौतामा सहमति जनाएका छन्।   यी स्पेनी प्रशिक्षकको हालको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदै गर्दा विगत केही महिनादेखि नयाँ सम्झौताका लागि वार्ता भइरहेको थियो।   बीबीसी स्पोर्टका अनुसार सबै पक्षबीच सहमति नजिक पुगिसकेको अवस्थामा अब आर्टेटाले आर्सनल (गनर्स) सँगको कार्यकाल लम्ब्याउन अन्तिम सहमति गरिसकेका छन्। नयाँ सम्झौताको आधिकारिक अवधि सार्वजनिक नगरिए पनि यसले डिसेम्बर २०१९ मा क्लब सम्हालेका आर्टेटालाई कम्तीमा १०औँ वर्षसम्म आर्सनलमै रहने सुनिश्चित गर्नेछ। नयाँ सम्झौता अनुसार उनको हालको वार्षिक १० मिलियन पाउन्ड तलब र थप ५ मिलियन पाउन्ड बोनसमा उल्लेख्य वृद्धि हुनेछ।   सम्झौताबारे बोल्दै आर्टेटाले गत साता नै समर्थकहरूलाई चिन्ता नलिन आग्रह गर्दै आफू क्लबमै रहन चाहेको बताएका थिए। उनले भनेका थिए, "म अत्यन्तै खुसी छु र आफूसँग काम गर्ने मानिसहरूसँग सहकार्य गर्न पाएकोमा निकै आभारी महसुस गर्छु।"  यस सिजनपछि पनि क्लबमै रहने स्पष्ट चाहना राखेका आर्टेटाको मूल उद्देश्य आर्सनलमा एउटा बलियो र दिगो विरासत निर्माण गर्नु रहेको छ।   गत सिजन २० वर्षपछि आर्सनलले जितेको प्रिमियर लिग उपाधिलाई उनले केवल सुरुवातको रूपमा हेरेका छन्। च्याम्पियन्स लिगमा पेनाल्टी किकको दूरीमा रोकिनु परेको पीडालाई प्रेरणामा बदल्दै उनी युरोपेली फुटबलमा आर्सनललाई थप उचाइमा पुर्‍याउन प्रतिबद्ध छन्।

फिफा अध्यक्ष 'सुधारकाे पत्र' पुनः निर्वाचनको चालबाजी होः जर्मन फुटबल संघ

काठमाडौं, ७ असोज। आफ्नो नेतृत्वको तीव्र आलोचना भइरहेका बेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले संस्थाको निर्णय प्रक्रियाको स्वतन्त्र समीक्षाको प्रस्ताव अघि सारेका छन्।   तर, जर्मन फुटबल संघ ले भने यसलाई आगामी निर्वाचनमा पुनः निर्वाचित हुने इन्फान्टिनोको चालबाजी मात्र भएको टिप्पणी गरेको छ।   विश्वकपको केही हिस्सा बिक्री गर्ने आफ्नो असफल योजनालाई लिएर उत्पन्न सङ्कटका बीच फिफा अध्यक्ष इन्फान्टिनोले यसै साता सबै २११ सदस्य राष्ट्रहरूलाई पत्र लेख्दै विश्व फुटबलको सर्वोच्च निकायभित्र सुधारबारे छलफल गर्ने प्रस्ताव राखेका हुन्। समाचार अनुसार विवादास्पद निजी लगानी योजना फिर्ता लिएपछि गुमेको समर्थन पुनः हासिल गर्ने उद्देश्यले उनले मेलमिलापपूर्ण शैली अपनाउँदै महासङ्घहरू र सरोकारवालाहरूसँग परामर्शको प्रस्ताव गरेका छन्।   विश्वकपसहित फिफाको व्यावसायिक अधिकारको २० प्रतिशत हिस्सा निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने प्रस्तावका कारण इन्फान्टिनोले कडा विरोधको सामना गर्नुपरेको थियो। युरोपेली फुटबल महासङ्घ, एसियाली फुटबल महासङ्घ र कोन्काकाफले कडा विरोध र बहिष्कारको चेतावनी दिएपछि गत जुलाईमा उक्त योजना परित्याग गरिएको थियो। महादेशीय महासङ्घहरूसँग कुनै परामर्श नगरी एक्लै निर्णय लिएको भन्दै युरोपेली निकायले अब नेतृत्व परिवर्तन आवश्यक रहेको जनाइसकेको छ।   जर्मन फुटबल संघका अध्यक्ष तथा फिफा काउन्सिल सदस्य बर्न्ड न्युएनडोर्फले मंगलबार प्रतिक्रिया दिँदै भने, "म जियानी इन्फान्टिनोको पत्रलाई अर्को वर्ष हुने निर्वाचनमा आफ्नो पुनः चयन सुनिश्चित गर्ने एउटा पारदर्शी चालका रूपमा लिन्छु। फिफाले परिवर्तन अपरिहार्य छ भन्ने महसुस गरेको देखिए पनि सुधार प्रक्रियाको नेतृत्व गर्न इन्फान्टिनो पक्कै उपयुक्त व्यक्ति होइनन्, उनले आफ्नो सम्पूर्ण विश्वसनीयता गुमाइसकेका छन्।"   यसैबीच इन्फान्टिनोले पत्रमार्फत सदस्य संघहरूको राजनीतिक अडानले फिफाबाट पाउने सहयोग वा विकास कार्यक्रमहरूमा कुनै असर नपर्ने आश्वासन दिएका छन्। आगामी वर्षको मार्चमा हुने निर्वाचनमा इन्फान्टिनो पुनः अध्यक्षको उम्मेदवार बन्दैछन्। विपक्षीहरूले बलियो उम्मेदवार चयन गर्न सङ्घर्ष गरिरहेका बेला, इन्फान्टिनोसँग अझै पर्याप्त मत रहेकाले विरोधीहरू हाल उनको अधिकार कटौती गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन्।

अब नेपाली फुटबलको भविष्य के होला ?

दिपक बास्तोला/न्युज कारखाना उर्लाबारी, ५ असाेज  नेपाली फुटबलको भविष्यलाई लिएर पछिल्लो समय खेलाडी, प्रशिक्षक, क्लब व्यवस्थापन र समर्थकहरूबीच गम्भीर चिन्ता बढेको छ। नेपाली फुटबलको सर्वोच्च नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको नेतृत्व विवाद, घरेलु प्रतियोगिताको अनिश्चितता र अन्तर्राष्ट्रिय फुटबल संस्थासँगको सम्बन्धमा उत्पन्न समस्याले नेपालको फुटबल विकासमा प्रश्न खडा गरेको छ। विगतमा राष्ट्रिय टोलीले हासिल गरेका उपलब्धि र खेलाडीले देखाएको संघर्षका बाबजुद फुटबल प्रशासनको अस्थिरताले अब नेपाली फुटबलको भविष्य कता जाने हो भन्ने प्रश्न उठेको छ।  विगतको एन्फा : उपलब्धि र विवादको लामो यात्रा नेपालमा फुटबलको विकास लामो इतिहास बोकेको विषय हो। राष्ट्रिय फुटबल संघको स्थापना, अन्तर्राष्ट्रिय फुटबल संस्थासँगको आबद्धता, घरेलु प्रतियोगिताको विस्तार र राष्ट्रिय टोलीको क्षेत्रीय सहभागिताले नेपाली फुटबललाई क्रमशः अगाडि बढाएको छ। तर, एन्फाको इतिहास केवल खेलकुद उपलब्धिमा मात्र सीमित छैन। नेतृत्व विवाद, आर्थिक पारदर्शितासम्बन्धी प्रश्न, निर्वाचनसम्बन्धी विवाद र सरकारी निकायसँगको टकरावले पनि संस्थाको यात्रालाई प्रभावित पार्दै आएको समाचार विश्लेषणहरूमा उल्लेख छ। नेपाली फुटबलमा सन् २०२१ को साफ च्याम्पियनसिपको फाइनल यात्रा उल्लेखनीय उपलब्धिका रूपमा रह्यो। यसले नेपाली खेलाडीमा क्षमता र प्रतिस्पर्धात्मक सम्भावना रहेको देखायो। तर, यस्ता उपलब्धिलाई निरन्तरता दिन नियमित घरेलु प्रतियोगिता, बलियो क्लब संरचना, दक्ष प्रशिक्षक र व्यवस्थित खेलाडी विकास आवश्यक हुन्छ। फुटबलको विकास राष्ट्रिय टोलीले मात्र हासिल गर्ने नतिजाबाट मापन हुँदैन। खेलाडीले वर्षभरि प्रतिस्पर्धा गर्न पाउने अवसर, क्लबको आर्थिक स्थायित्व, युवा प्रतिभाको उत्पादन र खेलकुद प्रशासनको विश्वसनीयता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। वर्तमान संकट : एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीचको विवाद सन् २०२६ मा एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीचको विवादले नेपाली फुटबललाई गम्भीर मोडमा पुर्‍याएको छ। सार्वजनिक रिपोर्टअनुसार, एन्फाको निर्वाचन प्रक्रिया र संस्थागत अधिकारलाई लिएर विवाद बढ्दै गएको थियो। मार्च २०२६ मा राखेपले एन्फाको कार्यसमितिमाथि कारबाही गरेपछि FIFA र AFC को ध्यान यस विषयमा केन्द्रित भएको रिपोर्टहरूमा उल्लेख छ। जुन २४, २०२६ मा FIFA ले एन्फालाई निलम्बन गरेको समाचार सार्वजनिक भयो। रिपोर्टहरूका अनुसार निलम्बनको मुख्य आधार फुटबल संघको स्वायत्ततामा तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय थियो। यो नेपाली फुटबलको प्रशासनिक इतिहासमा गम्भीर घटनाका रूपमा प्रस्तुत गरिएको छ। यद्यपि एन्फा र सरकारी निकायबीचको विवादलाई बुझ्दा दुवै पक्षका कानुनी दाबी, FIFA का नियम र सम्बन्धित आधिकारिक निर्णयहरूलाई अलग–अलग अध्ययन गर्न आवश्यक हुन्छ। कुनै पक्षको आरोप वा दाबीलाई स्वतः अन्तिम प्रमाणित निष्कर्ष मान्नु उचित हुँदैन। घरेलु लिग रोकिँदा खेलाडीको भविष्य अन्योलमा नेपाली फुटबलको वास्तविक आधार घरेलु प्रतियोगिता हो। राष्ट्रिय टोलीमा खेल्ने खेलाडीले आफ्नो क्षमता विकास गर्ने मुख्य अवसर क्लब फुटबलबाट प्राप्त गर्छन्। तर, पछिल्ला वर्षहरूमा A डिभिजन, B डिभिजन र अन्य प्रतियोगिताको नियमिततामा समस्या देखिएको छ। द काठमाडौँ पोस्ट ले जुलाई ३०, २०२६ मा प्रकाशित रिपोर्टमा FIFA निलम्बन र घरेलु लिगको अनिश्चितताका कारण नेपाली खेलाडीहरू रोजगारी तथा भविष्यको खोजीमा विदेश जान थालेको विषय उठाएको छ। प्रतियोगिता नियमित नहुँदा खेलाडीको खेल जीवन र आर्थिक सुरक्षामा असर पर्ने चिन्ता पनि रिपोर्टमा उल्लेख छ। घरेलु प्रतियोगिता रोकिँदा यसको असर राष्ट्रिय टोलीमा मात्र होइन, क्लब, प्रशिक्षक, रेफ्री, प्राविधिक कर्मचारी र फुटबलसँग जोडिएका अन्य व्यक्तिमा पनि पर्न सक्छ। खेलाडीका लागि नियमित खेल, पारिश्रमिक र व्यावसायिक वातावरण आवश्यक हुन्छ। लामो समयसम्म प्रतियोगिता अनिश्चित हुँदा नयाँ पुस्ताका खेलाडीले आफ्नो भविष्य अन्य क्षेत्रमा खोज्नुपर्ने अवस्था आउन सक्छ। एन्फाको नेतृत्व : अब बहस व्यक्ति होइन, प्रणालीमा हुनुपर्छ नेपाली फुटबलको वर्तमान संकटपछि एन्फाको नेतृत्व र व्यवस्थापनबारे बहस स्वाभाविक रूपमा बढेको छ। तर, नेतृत्वको मूल्याङ्कन गर्दा कुनै एक व्यक्ति वा समूहलाई मात्र दोष लगाउनुको सट्टा संस्थाको कार्यसम्पादन, निर्णय प्रक्रिया, आर्थिक व्यवस्थापन र जवाफदेहितालाई हेर्न आवश्यक हुन्छ।एन्फामा जो नेतृत्वमा आए पनि उसले फुटबलको दीर्घकालीन विकासका लागि स्पष्ट योजना सार्वजनिक गर्नुपर्छ। घरेलु लिगको क्यालेन्डर, युवा खेलाडी विकास, महिला फुटबल, प्रशिक्षक तालिम, रेफ्री विकास र क्लबको आर्थिक व्यवस्थापनमा सुधारका ठोस कदम आवश्यक छन्। एन्फाको आर्थिक व्यवस्थापनबारे उठ्ने प्रश्नहरूको सम्बन्धमा प्रमाणमा आधारित छानबिन र पारदर्शी सार्वजनिक जानकारी महत्त्वपूर्ण हुन्छ। आरोप, अनुसन्धान र प्रमाणित निष्कर्षबीचको अन्तरलाई समाचार तथा सार्वजनिक बहसमा स्पष्ट राख्नुपर्छ। अब नेपाली फुटबललाई कस्तो सुधार आवश्यक छ ? नेपाली फुटबलको वर्तमान समस्यालाई समाधान गर्न तत्कालीन र दीर्घकालीन दुवै प्रकारका कदम आवश्यक देखिन्छ। १. संस्थागत विवादको समाधान : एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीचको विवादलाई कानुनी स्पष्टता, संवाद र FIFA का नियमसँग समन्वय हुने प्रक्रियाबाट समाधान गर्नुपर्छ। २. घरेलु प्रतियोगिताको नियमितता : A, B र C डिभिजनलगायतका प्रतियोगिताको दीर्घकालीन क्यालेन्डर निर्माण गरी क्लब र खेलाडीलाई निश्चित वातावरण दिनुपर्छ। ३. खेलाडीको सुरक्षा र भविष्य : खेलाडीको पारिश्रमिक, प्रशिक्षण, स्वास्थ्य सेवा र व्यावसायिक करिअरलाई प्राथमिकता दिने नीति आवश्यक छ। ४. युवा प्रतिभाको विकास : विद्यालय, स्थानीय तह र जिल्ला स्तरबाट प्रतिभावान् खेलाडी पहिचान गरी नियमित प्रशिक्षण र प्रतियोगिताको अवसर दिनुपर्छ। ५. आर्थिक पारदर्शिता : एन्फाको बजेट, खर्च, प्रायोजन र विकास कार्यक्रमसम्बन्धी विवरणलाई स्पष्ट र परीक्षणयोग्य बनाउने प्रणाली बलियो बनाउनुपर्छ। ६. महिला फुटबलको निरन्तरता : नेपाली महिला खेलाडीले प्राप्त गरेका उपलब्धिलाई कायम राख्न नियमित प्रतियोगिता, प्रशिक्षण र आवश्यक पूर्वाधारमा लगानी बढाउनुपर्छ। निष्कर्ष : नेपाली फुटबलको भविष्य कता ? नेपाली फुटबल अहिले प्रशासनिक विवाद र प्रतियोगितासम्बन्धी अनिश्चितताका कारण चुनौतीपूर्ण अवस्थामा रहेको सार्वजनिक रिपोर्टहरूले देखाएका छन्। FIFA निलम्बन, घरेलु लिगमा अवरोध र खेलाडीको भविष्यप्रतिको चिन्ता नेपाली फुटबलको विकासमा गम्भीर विषय हुन्। तर, नेपाली फुटबलको भविष्यबारे अन्तिम निष्कर्ष निकाल्नुभन्दा संकट समाधानका लागि चालिने कदम र त्यसको कार्यान्वयनलाई हेर्नु आवश्यक छ। फुटबल समर्थकहरूले नेतृत्वसँग प्रश्न गर्ने अधिकार राख्छन्। खेलाडीहरूले नियमित प्रतियोगिता र सम्मानजनक व्यावसायिक वातावरणको अपेक्षा गर्नु स्वाभाविक हो। क्लब, प्रशिक्षक, एन्फा र सम्बन्धित सरकारी निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। अब नेपाली फुटबललाई केवल नेतृत्वको बहस होइन, व्यवस्थित योजना, नियमित प्रतियोगिता, आर्थिक पारदर्शिता र खेलाडी केन्द्रित सुधार आवश्यक छ। फुटबलको भविष्य कुनै एक व्यक्तिको निर्णयले मात्र निर्धारण हुँदैन। संस्थागत स्थायित्व र सबै सरोकारवालाको जिम्मेवार सहकार्यले नेपाली फुटबललाई अगाडि बढाउने आधार निर्माण गर्न सक्छ। आज नेपाली फुटबल समर्थकको मनमा एउटै प्रश्न छ—मैदानमा खेलाडीले देशका लागि पसिना बगाइरहँदा मैदानबाहिरको व्यवस्थापन कहिले सुध्रिने ?यस प्रश्नको जवाफ भाषणमा होइन, व्यवहारमा देखिनुपर्ने समय आएको छ।

एक कार्यकाल गणेश थापालाई एन्फाकाे नेतृत्व दिउँ

दिपक बास्तोला/न्युज कारखाना उर्लाबारी, ५ असोज । नेपाली फुटबल अहिले इतिहासकै एउटा कठिन मोडमा पुगेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै २०२६ जुन २४ देखि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यबारे गम्भीर बहस सुरु भएको हो। राष्ट्रिय टोलीदेखि क्लब फुटबलसम्म अन्तर्राष्ट्रिय सहभागिता प्रभावित बनेको अवस्थामा एन्फाको नेतृत्व, व्यवस्थापन र आगामी बाटोबारे प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। यही परिस्थितिमा नेपाली फुटबल समर्थकबीच एउटा फरक प्रश्न पनि उठ्न थालेको छ- ‘एक कार्यकालका लागि पूर्वअध्यक्ष तथा गणेश थापालाई फेरि नेपाली फुटबलको नेतृत्व गर्ने अवसर दिन सकिँदैन र ?’ यो प्रश्नको उत्तर तत्काल ‘हुन्छ’ वा ‘हुँदैन’ भनेर दिनुभन्दा पहिले गणेश थापाको फुटबल यात्रालाई तथ्यका आधारमा हेर्न आवश्यक हुन्छ। थापा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा कप्तान हुन्। उनी लामो समय एन्फाको नेतृत्वमा रहे। उपलब्ध विवरणअनुसार उनले सन् १९९५ देखि २०१५ सम्म एन्फाको अध्यक्षका रूपमा काम गरेका थिए। उनको कार्यकालमा युवा फुटबल, प्रशिक्षण तथा घरेलु फुटबल संरचनासँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाइएको दाबी गरिन्छ। थापाको नेतृत्वकाललाई लिएर नेपाली फुटबलमा सकारात्मक र नकारात्मक दुवै धारणा छन्। समर्थकहरूले उनको कार्यकालमा युवा फुटबल र खेलाडी विकासमा भएको काम, घरेलु प्रतियोगितालाई निरन्तरता दिने प्रयास तथा अन्तर्राष्ट्रिय तहमा नेपाली फुटबलको पहुँच विस्तारका प्रयासलाई सम्झिने गरेका छन्। तर उनको नेतृत्व विवादरहित भने थिएन। फिफाको स्वतन्त्र इथिक्स कमिटीले सन् २०१५ मा भ्रष्टाचारसम्बन्धी प्रावधान उल्लंघन गरेको ठहर गर्दै थापामाथि १० वर्षको प्रतिबन्ध र जरिवाना लगाएको थियो। फिफा अपिल कमिटीले पनि उनको अपिल पूर्ण रूपमा स्वीकार गरेन र प्रतिबन्ध कायम राख्यो। यही कारण गणेश थापाको नामसँग जोडिएको सबैभन्दा ठूलो प्रश्न उनको विगतको फिफाको प्रतिबन्ध हो। नेपाली फुटबल समर्थकले यो विषयलाई बिर्सन मिल्दैन। कुनै पनि सम्भावित नेतृत्वबारे छलफल गर्दा विगतका विवाद, अन्तर्राष्ट्रिय संस्थाको निर्णय र नेपाली फुटबलमा त्यसले पारेको प्रभावलाई पनि समान रूपमा हेर्नुपर्ने हुन्छ। तर अर्को महत्वपूर्ण तथ्य पनि छ। सन् २०२५ अगस्टमा पाटन उच्च अदालतले थापालाई फुटबल गतिविधिबाट रोक्ने फिफाको निर्णयलाई बदर गरेको थियो। अदालतले उनले फिफाले लगाएको १० वर्षको प्रतिबन्ध पूरा गरिसकेको अवस्थामा सोही विषयलाई आधार बनाएर एन्फाले थप प्रतिबन्ध लगाउनु न्यायका सिद्धान्तसँग मेल नखाने ठहर गरेको थियो। अदालतले उनलाई फुटबलसम्बन्धी गतिविधिमा सहभागी हुनबाट रोक्न नहुने निर्देशनसमेत दिएको थियो। यसले गणेश थापाको नेपाली फुटबलमा पुन: संलग्नताबारे कानुनी बहसलाई नयाँ आधार दिएको छ। तर यहाँ अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ— फुटबल गतिविधिमा सहभागी हुन पाउनु र एन्फाको अध्यक्ष बन्न पाउनु एउटै कुरा हो कि होइन ? यसको निर्णय एन्फाको विधान, निर्वाचन प्रक्रिया, फिफा/एएफसीका नियम तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार हुनुपर्ने हुन्छ। त्यसैले केवल अदालतको निर्णयलाई आधार बनाएर अध्यक्ष बन्न पाउने निष्कर्ष निकाल्नु उचित हुँदैन। किन उठ्यो फेरि गणेश थापाको नाम ? आज नेपाली फुटबलमा देखिएको संकटले पुराना नेतृत्वकर्ताको भूमिकाबारे पनि बहस गराएको छ। फिफाले एन्फालाई निलम्बन गरेपछि राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएका छन्। फिफा र एएफसी बाट आउने विकास कार्यक्रम तथा अन्य अवसरसमेत निलम्बनका कारण प्रभावित भएका छन्। सेप्टेम्बर २०२६ सम्म आइपुग्दा पनि निलम्बन कायम रहेको समाचारहरू सार्वजनिक भएका छन्। यसबीच एन्फाको नेतृत्व र सरकारी निकायबीचको विवादले नेपाली फुटबल व्यवस्थापनको संकटलाई थप गम्भीर बनाएको देखिन्छ। यस्तो अवस्थामा समर्थकहरूको एउटा धारणा हुन सक्छ—नयाँ नेतृत्व खोज्ने क्रममा नेपाली फुटबललाई लामो समयदेखि बुझेका, खेलाडीका रूपमा मैदानमा खेलेका र प्रशासनिक अनुभव भएका व्यक्तिलाई पनि अवसर दिएर हेर्नुपर्छ। त्यसमा गणेश थापाको नाम आउनु अस्वाभाविक होइन। उनी आफैं खेलाडी थिए। राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे। त्यसपछि फुटबल प्रशासनमा लामो समय काम गरे। त्यसैले खेलाडी र प्रशासक दुवै पक्षबाट फुटबललाई बुझेको अनुभव उनीसँग रहेको तथ्यलाई नकार्न सकिँदैन। तर प्रश्न यतिमै सकिँदैन। ‘पुरानो अनुभव’ कि ‘नयाँ सुरुवात’ ? नेपाली फुटबलमा अहिले एउटा महत्वपूर्ण बहस आवश्यक छ—हामीलाई अनुभवी नेतृत्व चाहिएको हो कि पूर्ण रूपमा नयाँ नेतृत्व ? अनुभव भएका व्यक्तिले संस्थागत कमजोरी छिटो पहिचान गर्न सक्छन्। अर्कोतर्फ, लामो समय पुरानो शैलीमा चलेका नेतृत्वबाट नयाँ संरचना बन्न नसक्ने तर्क पनि उठ्न सक्छ। गणेश थापाको सन्दर्भमा पनि यही दुई धारणा देखिन्छ। एक पक्षले उनीसँग रहेको फुटबल अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रशासनिक ज्ञानलाई उपयोग गर्नुपर्ने बताउन सक्छ। अर्को पक्षले विगतमा उनीमाथि लागेको फिफा प्रतिबन्ध र एन्फा नेतृत्वको लामो कार्यकालसँग जोडिएका विवादलाई सम्झाउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गर्न सक्छ। त्यसैले ‘गणेश थापा नै आउनुपर्छ’ वा ‘आउनु हुँदैन’ भन्ने निष्कर्षभन्दा पहिले उनी आए भने नेपाली फुटबलका लागि उनको स्पष्ट योजना के हुन्छ ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। एक कार्यकालको अवधारणा यदि नेपाली फुटबल समर्थकहरूले ‘एक कार्यकाल’को अवधारणा अघि सार्छन् भने त्यो भावनात्मक नारामात्र नभई स्पष्ट कार्यक्रमसहित आउनुपर्ने हुन्छ। त्यस्तो नेतृत्वले पहिलो प्राथमिकतामा फिफाको निलम्बन हटाउने वातावरण निर्माण, एन्फाको आन्तरिक विवाद समाधान, खेलाडीको भविष्य सुनिश्चित गर्ने, नियमित घरेलु लिग सञ्चालन गर्ने, युवा तथा महिला फुटबललाई बलियो बनाउने र पारदर्शी आर्थिक प्रणाली स्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता दिनुपर्ने हुन्छ। त्यस्तै, अध्यक्ष बन्ने व्यक्ति कुनै पनि विवादभन्दा माथि संस्थालाई राख्ने र फुटबल प्रशासनलाई व्यक्तिगत प्रभावभन्दा नियम र प्रणालीबाट सञ्चालन गर्ने प्रतिबद्धतासहित आउनुपर्ने हुन्छ। यही मापदण्डमा गणेश थापा वा अन्य कुनै पनि सम्भावित नेतृत्वलाई हेर्न सकिन्छ। के चाहन्छन् नेपाली फुटबल समर्थक  ? नेपाली फुटबल समर्थकका लागि अहिले सबैभन्दा महत्वपूर्ण कुरा व्यक्ति होइन, फुटबलको भविष्य हो। दशरथ रंगशालामा राष्ट्रिय टोलीको खेल हेर्न पाउने वातावरण, खेलाडीले नियमित प्रतियोगिता खेल्न पाउने अवस्था, क्लबहरूले स्थिर संरचनामा फुटबल सञ्चालन गर्न पाउने व्यवस्था र नेपालले अन्तर्राष्ट्रिय मैदानमा पुन: प्रतिस्पर्धा गर्न पाउने अवस्था नै समर्थकको मूल चाहना हो। त्यसैले प्रश्न ‘गणेश थापा राम्रो कि नराम्रो ?’ भन्ने होइन। प्रश्न हो- ‘नेपाली फुटबललाई अहिले कस्तो नेतृत्व चाहिएको छ ?’ यदि गणेश थापा फेरि नेतृत्वमा आउन चाहन्छन् भने उनले विगतका उपलब्धिसँगै विगतका विवादबारे पनि स्पष्ट जवाफ दिनुपर्ने हुन्छ। आफूले अब के फरक गर्ने, नेपाली फुटबललाई कसरी अन्तर्राष्ट्रिय रूपमा पुन: स्थापित गर्ने र एन्फालाई कसरी पारदर्शी तथा जवाफदेही बनाउने भन्ने स्पष्ट योजना नेपाली समर्थकसामु राख्नुपर्ने हुन्छ। त्यसपछि निर्णय गर्ने अधिकार एन्फाका सदस्य, प्रतिनिधि र सम्बन्धित फुटबल निकायको हुनेछ। अहिलेको संकटले एउटा कुरा भने स्पष्ट बनाएको छ- नेपाली फुटबललाई व्यक्ति केन्द्रित विवादभन्दा माथि उठाएर संस्थागत सुधारतर्फ लैजानुपर्ने आवश्यकता छ। त्यसैले ‘अब एक कार्यकाल गणेश थापालाई एन्फाको नेतृत्व दिन सकिँदैन र ?’ भन्ने प्रश्नलाई समर्थन वा विरोधको नाराभन्दा पनि नेपाली फुटबलको विगत, वर्तमान संकट र भविष्यको आवश्यकतालाई केन्द्रमा राखेर बहस गर्ने विषयका रूपमा लिन सकिन्छ। अन्तत: नेतृत्वमा को आउँछ भन्ने भन्दा पनि नेपाली फुटबललाई कसरी पुन: मैदानमा फर्काउने, खेलाडीको भविष्य कसरी सुरक्षित गर्ने र एन्फालाई कसरी विश्वसनीय संस्थाका रूपमा स्थापित गर्ने भन्ने प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ।

शिक्षा
विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै
विश्व इतिहासमा सेप्टेम्बर २३ः सोभियत संघद्वारा पहिलो आणविक परीक्षणको खुलासा
नेपालमा आजः चीनसँग शान्ति र मैत्री सन्धी
एन-प्याब्सन मधेश प्रदेशको तेस्रो अधिवेशन सम्पन्न
विश्व इतिहासमा आजः सिआइएको स्थापना देखी न्युयोर्क टाइम्स प्रकाशन सुरू
नेपालको इतिहासमा आजः कोतपर्व घटेकाे दिन
विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा